२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नारायणगढ बुटवल सडक बन्यजन्तुमैत्री बनाउन माग

२०७८ माघ १२, बुधबार प्रकाशित ( साल अघि) १६२८ पाठक संख्या

नवलपुर, माघ १२ । स्तरोन्नतिको क्रममा रहेको बुटवल नारायणगढ सडक खण्डको बनक्षेत्रमा बन्यजन्तुमैत्री सडक निर्माण गर्न माग गरिएको छ ।

 

वन, वातावरण क्षेत्रमा काम गर्दै आईरहेको हरियाली संस्थाले आज एक बिज्ञप्ति मार्फत् बन्यजन्तुमैत्री सडकको माग गरेको हो ।

 

संस्थाका अध्यक्ष एल एन दवाडीद्धारा हस्ताक्षरित विज्ञप्तिमा सडक निर्माणका क्रममा भएका असावधानीले देशका विभिन्न स्थानमा बन्यजन्तु मरेका तथा बन्यजन्तुलाई असर परेका खवरहरु आउँदा सम्वन्धित निकायले बन्यजन्तुको सहजताका लागि पुर्वाधारमा ख्याल पुर्याउन ध्यानकर्षण गराईएको छ ।

 

नारायणगढ बुटवल सडक खण्डमा यातायातको लागि ओभर पास तथा बन्यजन्तु ओहोरदोहोरका लागि अण्डर पासको संरचना निर्माण गरि वन्यजन्तुमैत्री बाटो बनाउन आग्रह समेत गरेको छ ।

Received_640304863678474

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%३%१%१%१%

प्रतिक्रिया दिनुहोस