२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेशमा पनि गठबन्धनकै नेताको जित

२०७८ माघ १२, बुधबार प्रकाशित ( साल अघि) ९८० पाठक संख्या

पोखरा– राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बुधबार भएको राष्ट्रियसभा निर्वाचनको मतगणनामा गठबन्धनका तीन उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धनका कमला पन्त, सुरेशबहादुर आले र भुवन सुनार विजयी भएका छन् । महिलातर्फ नेपाली कांग्रेसकी उम्मेदवार कमला पन्तले ३ हजार ८४ मतभार प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्वन्दी एमाले उम्मेदवार लीला थनेतले २ हजार ७२४ मतभार पाएकी छन् । त्यस्तै, भुवन सुनारले तीन हजार ४८ मतभार ल्याएका छन् ।

आलेले भने ३ हजार ९६ मत प्राप्त गरेका छन् । गण्डकी प्रदेशसभाका ५९ सांसद, ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६८ जनाले मतदान गरेका थिए । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभा सदस्यका लागि मतदान भएको थियो । यसअघि सुदूरपश्चिम, लुम्बिनी र बागमतीमा पनि ढ गठबन्धनकै सबै उम्मेदवार विजयी भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस