२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

दलदले बजारका ठेलागाडा हटाउन नगरपालिकाको अनुरोध

२०७८ माघ १२, बुधबार प्रकाशित ( साल अघि) १३४० पाठक संख्या

देवचुली । दलदले बजार र आसपासका क्षेत्रमा संचालन भइरहेका ठेलागाडा तीन दिन भित्र हटाउन देवचुली नगरपालिकाले अनुरोध गरेको छ । बजार र आसपासका क्षेत्रमा बिना ईजाजत व्यवसाय संचालन गरेको र एउटा प्रकृतिको व्यवसायको ईजाजत लिई अर्काे प्रकृतिको व्यवसाय समेत संचालन गरेको पाइएकाले बिना ईजाजत संचालन भएका व्यवसायीहरुलाई तीन दिनभित्र नियमानुसार ईजाजत लिनुहुन वा बन्द गरिदिनुहुन अनुरोध गरेको हो ।

कोभिडको तेस्रो लहर फैलिएको समयमा पनि पानीपुरी, चटपटे जस्ता पसलहरु सडक किनारामा खुल्ला रुपमा संचालन भएकाले बन्द गर्न समेत नगरपालिकाले आदेश जारी गरेको छ ।

 

साथै पानीपुरी, चटपट जस्ता खुल्ला रुपले बिक्री वितरण भएको र अनियमित व्यवसायहरु नगरपालिकाबाट उठाई लैजाने भएकाले समयमा सचेत रहन समेत अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%२%१%

प्रतिक्रिया दिनुहोस