२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको जनसंख्या ६१ हजार ५ सय ४८  

२०७८ माघ १२, बुधबार प्रकाशित ( साल अघि) २४०८ पाठक संख्या

चोरमारा । मध्यबिन्दु नगरपालिकाको जनसंख्या ६१ हजार नाघेको छ ।

बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार मध्यबिन्दु नगरपालिकाको जनसंख्या ६१ हजार ५ सय ४८ रहेको छ ।

 

जसमध्ये महिलाको जनसंख्या ३३ हजार २ सय ५७ र पुरुषको जनसंख्या २८ हजार २ सय ९१ रहेको छ। मध्यबिन्दुमा महिला र पुरुषको तुलनामा ४ हजार ९ सय ६५ ले महिलाको जनसंख्या बढी रहेको छ ।

 

जिल्लामा सबैभन्दा बढि जनसंख्या कावासोती नगरपालिकाको रहेको छ । कावासोती नगरपालिकामा ८७ हजार १७६जनसंख्या रहेको केन्द्रीय तथ्याकं विभागले जनाएको छ । कावासोतीमा ४६ हजार २८६ महिला र ४० हजार ८९० पुरुष रहेका छन् ।

 

यस्तै देवचुलीमा १३ हजार १ सय २७ घर संख्या रहेकोमा परिवारसंख्या भने १४ हजार ८ सय ३६ रहेको केन्द्रिय तथ्यांक बिभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

 

यो संगै हुप्सेकोट गाउँपालिकामा २६ हजार ८ सय ६१ , विनयीत्रिवेणी गाउँपालिकामा ३९ हजार २ सय १ , बुलिङटार गाउँपालिकामा १४ हजार ५ सय ९६ र बौदीकाली गाउँपालिकामा ११ हजार ३ सय ३९ जनसंख्या रहेको छ।

नवलपुरमा कहाँ कति जनसंख्या हेर्नुस !!!

Received_312441307490658

Received_452940056324491

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस