२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा ४ सय किलो जंगली बँदेलको मासु सहित ६ जना पक्राउ

२०७८ माघ १५, शनिबार प्रकाशित ( साल अघि) २६७६ पाठक संख्या

कावासोती । जंगली बँदेलको मासु सहित ६ जना पक्राउ परेका छन् । कावासोती  नगरपालिका–१६ चालिस किलो जंगलको पूर्व–पश्विम राजमार्गमा प्रहरीले चेकिङ्गको क्रममा  ४ सय २ किलो जंगली बदेलको मासु सहित ६ जनालाई शुक्रबार दिउँसो  नवलपुर प्रहरीले पक्राउ गरेको हो ।

पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेका ना ३ च ७१८८ र लु २ च ६८९८ नम्बरको पिकअप जिपलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा ना ३ च ७१८८ नम्बरको पिकअप जिपमा ४ वटा मृत बदेल र टाउको २ वटा र लु २ च ६८९८ नम्बरको पिकअप जिपमा ३ वटा मृत बदेल र २ वटा टाउको समेत बरामद गरेको हो ।

एउटामा २ सय ३ केजी मासु र अर्कोमा २ सय केजी बदेलको मासु बरामद भएको प्रहरीले जनाएको छ । नेपालमा जंगली जनवार बदेल मार्न र खान प्रतिबन्ध लगाइएको छ । पक्राउ पर्नेमा ना ३ च ७१८८ नम्बरको चालक पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ बस्ने वर्ष ३८ को हेम नारायण मुखिया थारु, सोही पिकअपमा सवार प्रतापपुर ९ कै ४५ बर्षीय प्रभु डुम, ३२ बर्षीय बब्लु डुम, लु २ च ६८९८ नम्बरको चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बस्ने वर्ष २७ को सुमित काउचर, सोही पिकअपमा सवार प्रतापपुर गाउँपालिका –७ बस्ने वर्ष १८ को अनिल केवट र वर्ष २१ को मुकेश राजभर रहेका छन् ।

बरामद मासु सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय कावासोतीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%१%२%१%१%१%

प्रतिक्रिया दिनुहोस