२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

दाउन्नेदेवी सामुदायिक वनमा पाटे बाघ मृत फेला

२०७८ माघ १५, शनिबार प्रकाशित ( साल अघि) ५७१ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीको बर्दघाट १६ मा रहेको दाउन्ने देवि सामुदायिक वनको भालु खोलामा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख शंकरप्रसाद गुप्ताका अनुसार घास दाउरा गर्न गाउँलेहरु जंगल गएका बेला गोली लागेको मृत अवस्थामा पोथि बाघ देखेपछी प्रहरी र बन कार्यलय लाइ खबर गरेका थिए । खबर पाए लगत्तै श्री नम्बर २ बन तथा पर्याबरण सुरक्षा गणबाट सुरक्षाकर्मीको टोलि घटना स्थल पुगेको थियो ।

साढे ७ फिट लम्बाई र ३ फिट उचाई रहेको करिब १ सय ५० किलो तौल रहेको बाघको घाटिमा पासो लगाएको डाम र शरिरका दुई स्थानमा गोली लागेको घाउ भेटिएकोले तस्करले मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकाले थप अनुसन्धान भैइ रहेको डिभिजन प्रमुख गुप्ताले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस