२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

सिटिजन्स् बैक शाखा कार्यालय इमिलियाले स्वास्थ समाग्री वितरण

२०७८ माघ १७, सोमबार प्रकाशित ( साल अघि) ८५१ पाठक संख्या

बुटवल । सिटिजन्स् बैक ईन्टरनेशनल शाखा कार्यालय इमिलियाले स्वास्थ समाग्री वितरण गरेको छ । हाल विश्वभर फैलीरहेको कोरोना भाईरसको नयाँ स्वरुप ओमीक्रोनले विश्वनै प्रभावित भइरहेको अवस्थालाई मध्यनज गर्दै स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

बुद्धभूमि नगरपालिका भित्र पनि संक्रमण दर तिब्र रुपमा फैलिरहेकोले यसलाई न्युनिकरण गर्नको लागी ईलाका प्रहरी कार्यालयलाई उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको बैंकका शाखा प्रमुख समिर कुमार श्रेष्ठले जानकारी दिनुभयो । मास्क २५०० वटा, ग्लोबस ५०० वटा र २५ लिटर    सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री बैंकका शाखा प्रमुख श्रेष्ठले ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रमुख लिलाराम आचार्यलाई हस्तान्त्रण गर्नुभएको हो ।

ईलाका प्रहरी कार्यालयका प्रमुख आचार्यले सामग्री ग्रहण गर्दै महामारीको रुपमा फैलिएको कोरोनालाई न्युनिकरण गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सामग्री प्रदान गरेकोमा सिटिजन्स् बैक ईन्टरनेशनल शाखा कार्यालय इमिलिया परिवारलाई आभार प्रकट गर्नुभयो ।

त्यस्तै बैंकका शाखा प्रमुख श्रेष्ठले बैंकले आर्थिक कारोबार मात्र नगरी सामाजिक उत्तरदायित्तव अन्तर्गतका विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो । उहाँले कोरोना न्युनिकरणका लागि अग्रपंत्तीमा खटिने सुरक्षाकर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री प्रदान गरिएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस