२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मजदुर बोकेको सवारी दुर्घटना,८ जना घाइते 

२०७८ माघ १८, मंगलबार प्रकाशित ( साल अघि) २०५९ पाठक संख्या

कावासोती । नारायणगढ बुटवल सडक आयोजनामा कार्यरत कर्मचारी बोकेको पीकअप दुर्घटना भएको छ।

पुर्वपश्चीम राजमार्ग अन्तरगर्त नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १७ मा सवारी दुर्घटना हुदा ८ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी गराए अनुसार नारायणगढ बुटवल सडक आयोजनामा कार्यरत कर्मचारी बोकेको पीकअप दुर्घटना भएको जनाइएको छ ।

झराही खोलामा सडक आयोजनाका कामदार बोकेको बा १४ च २९०६ नम्बरको पीकअप दुर्घटना हुँदा ८ जना कामदार घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको भ्यान विहान ७ स्३० वजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाईतेहरुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको छ । घाइतेको अवस्था मध्यम छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस