२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा अटो चालक मृत अवस्थामा भेटिए, कुकुर मगाइयो

२०७८ माघ १८, मंगलबार प्रकाशित ( साल अघि) २११७ पाठक संख्या

“बागमती प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइयो”

 

कावासोती । नवलपुरमा एक अटो चालक मृत अवस्थामा फेला परेका छन्।  कावासोती नगरपालिका वडा नं १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत फेला परेका हुन् ।

 

कावासोती नगरपालिका वडा नं १३ का अध्यक्ष विनोद रानामगरले गिरीको शव घर नजिकैको घोलमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिए । ‘सडक छेउमा उनले चलाउने अटो रोकिएको छ र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाइएको छ,’ रानामगरले भने ।

 

वडाध्यक्ष रानामगरका अनुसार गएराति घरमै बसिरहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा पुर्याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए । उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको स्थानीयको भनाइ छ ।

 

गिरी आफैले चलाउँदै आएको अटो रोकिएको अवस्थामा र उनको शव नजिकै घोलको हिलोमा गाडिएर कर्कलाको पातले छोपिएको अवस्थामा भेटिएको स्थानियहरुले बताएका छन् । उनी गएराति अपरिचित व्यक्ति आएर अटोमा पुर्याइदिन भनेपछि बाहिर निस्किएका गिरीको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

 

नवलपुर प्रहरीका डिएसपी दिलिप कुमार गिरीले शवलाई अहिले खाल्डोबाट बाहिर निकालिएको र घटनाको अनुसन्धान भैरहेको बताए । अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको उनले जानकारी दिए । घटनास्थलमा एसपी प्रज्ज्वल महर्जन पनि पुगेका छन् । उनका अनुसार मृतकको टाउकोमा चोट लागेको छ। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१७%१%

प्रतिक्रिया दिनुहोस