२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुर जिल्लामा नाटक घरको आवश्यकता : लामिछाने

२०७८ माघ १८, मंगलबार प्रकाशित ( साल अघि) ७५१ पाठक संख्या

एलिना केसी

देवचुली । नवलपुर जिल्लामा नाटक घरको आवश्यकता रहेको गण्डकी प्रदेशका विद्यायन समितिका सभापति विष्णु लामिछाने बताउनुभएको छ । मंगलबार देवचुली नगरपालिका प्रगतिनगरमा अवस्थित महाराजा सामुदायिक वनको सभाहलमा अभिनय कार्यशाला कार्यक्रममा बोल्दै लामिछानेले यस्तो बताउनुभएको हो ।

 

लामिछानेले आँफू बाल्यकाल देखि नै साहित्य र नाटकमा बढि रुचि राख्ने भएकाले पनि कार्यक्रम महत्वपूर्ण लागेको बताउनुभएको थियो । उहाँले नवलपुर जिल्लामा साहित्य र नाटकमा रुचि राख्ने धेरै कलाकार उत्पादन गर्न सकिने भएकाले आगामी दिनमा जिल्लामा नाटक घर संचालनमा ल्याउनुपर्ने बताउनुभएको हो । उहाँले अभिनय अनुकरण भएकाले पनि नाटकले व्यक्तित्व विकास गर्ने बताउनुभएको हो । लामिछानेले जिल्लामा राम्रो नाटक घर बनाउने सपना साकार पार्न आफ्नो तर्फबाट लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

अभिनय कार्यशाला कार्यक्रममा शुभकामना मन्तव्य राख्दै भीमसेन आदर्श नमूना मा.विका प्रधानाध्यापक अग्निधर भुसालले बालबालिकाको अतिरिक्त क्रियाकलाप सँगै कलाकार उत्पादन गर्ने र राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा आफ्नो अभिनयलाई प्रस्तुत गर्नका लागि सक्षम, योग्य र दक्ष नागरिक उत्पादन गर्नका लागि पनि अभिनय कार्यशाला कार्यक्रमले सहयोग पुर्याउने बताउनुभएको थियो । उहाँले अभिनयको क्षेत्रमा नवलपुर जिल्लालाई नै अगाडि बढाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका शिक्षा शाखा अधिकृत नन्दलाल ढकालले स्थानीय पाठ्यक्रम निर्माण र नगर शिक्षा योजनाको चरणमा रहेकाले आगामी दिनमा साहित्य र नाटकलाई प्राथमिकतामा राखेर सहकार्य गर्ने बताउनुभएको थियो ।

 

यसैगरि कार्यक्रममा बोल्दै देवचुली नगरपालिका बालमैत्री परामर्शा दाता खिमानन्द भुसालले अभिनयले किशोरकिशोरीहरुको सिर्जानात्मक कुरालाई प्रस्फुटन गर्ने बताउँदै विद्यालयहरुले बालबालिकाको क्षमता विकास गर्नका निम्ति समय दिनुपर्ने बताउनुभयो । भुसालले बालबालिका भित्र भएको क्षमतालाई पहिचान गरि अवसर दिनुपर्ने बताउनुभएको थियो ।

 

कार्यक्रममा बोल्दै जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले सिकाईलाई बालबालिकाले दिगोपन दिनुपर्ने बताउनुभएको थियो । उहाँले अभिनयबाट बालबालिकाले समाजमा भएका विसंगतिलाई पनि हटाउन सहयोग पुर्याउने बताउनुभयो ।
यसैगरि कार्यशाला कार्यक्रममा बोल्दै पोखरा थिएटरका क्रियटिभ डाइरेक्टर परिवर्तनले अभिनय कार्यशालाले नवलपुरबाट नाट्य विकास गर्न सक्ने बताउनुभएको थियो ।

 

कार्यक्रममा अध्यक्षता रहनुभएका आभानी मिडियाका अध्यक्ष डिल्लीराम कडरियाले अभिनय कार्यशालाले नवलपुरमा धेरै कलाकार जन्माउने र समाजमा घटने घटनालाई अभिनय मार्फत उतारेर सकारात्मक बाटोतर्फ लाग्न मद्धत पुग्ने बताउनुभएको थियो ।
आभानी मिडियाद्धारा संचालित ह्याप्पी एफ.एमको आयोजनामा सो कार्यशालाको आयोजना गरिएको हो । कार्यक्रममा स्वागत मन्दव्य राख्दै ह्याप्पी एफ।एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले नवलपुरमा नाटकको सम्भावना प्रचुर रहेकाले नाटकलाई थप अगाडि बढाउन कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

 

कार्यक्रममा कार्यशाला सञ्चालन गर्न सहयोग गर्ने विभिन्न संघसंस्थालाई कदर पत्र प्रदान गरिएको थियो ।
कार्यशालामा पोखरा थिएटरका क्रियटिभ डाइरेक्टर परिवर्तन र उनको टिमले प्रशिक्षण गर्ने भएको छ । माघ १८ गते देखि २२ गतेसम्म संचालन हुने कार्यशालामा बिशेष गरि नवलपुर जिल्लाका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई लक्षित गरिएको छ । कार्यशालामा २५ जना भन्दा बढि प्रशिक्षार्थीहरुको सहभागी रहेको थियो । कार्यशाला बिहान ७ बजे देखि १० बजेसम्म देवचुली १५ प्रगतिनगरमा रहेको महाराजा सामुदायिक वनको सभाहलमा संचालन भइरहेको छ ।

 

अभिनय कार्यशालामा भीमसेन आदर्श नमूना मा।विको सह–आयोजना र पोखरा थिएटरको सहकार्य रहेको छ । यसैगरि देवचुली नगरपालिका सहित नवलपुरका ४ वटै नगरपालिका शिक्षा शाखाको समन्वय रहेको छ । अभिनय कार्यशालाका लागि नेपाल नमूना मा.वि, दिव्य एकेडेमी, विश्वज्योति एकेडेमी, मुनलाईट एकेडेमी, कावासोती सेन्ट जोसेफ स्कुल र जनज्योति मा.विको सहकार्य रहेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका विद्यायन समितिका सभापति विष्णु लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस