२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ

२०७८ माघ १९, बुधबार प्रकाशित ( साल अघि) १२२८ पाठक संख्या

बर्दघाट । पश्चिम् नवलपरासीमा लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगपालिका वडा न. ४ हरियालीनगर बस्ने वर्ष ३६ को संतोष तुलाचन सोहि स्थान बस्ने वर्ष २३ को सुरज रजाली मगर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले तुलाचनको घरमा लागु औषधको कारोबार हुँदै छ भन्ने सुचना प्राप्त पाएपछि प्रहरी टोली खटी गई तुलाचनको घरमा सुक्ष्म रूपमा खन्तलासी गर्दा तुलाचन सुतने गरेको खाट मुनि खाडल खनी माटो र ढुङ्गाले पुरी राखेको अवस्थामा प्रोस्मीड स्पाइस ६ ओटा पोकामा १ हजार ९ सय २७ क्यापसुल ,गांजा ५० ग्राम ,कोडीमेल नामको सय एमएलको सिसि १ थान , नाईट्रोभेट २३ ट्याबलेट , कोडीन फास्रफेट सय एमएलको सिसि १ थान र विभिन्न दरका नेपाली नोट ११ हजार १ सय २५ रूपैयाँ सहित लागू औषध फेला परेको थियो ।

 

लागू अौषधमा संलग्न रहेका दुई व्यक्तिलाई पक्राउ गरि जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस