२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

वर्षाका कारण घर भत्किदा एक महिलाको मृत्यु

२०७८ माघ २१, शुक्रबार प्रकाशित ( साल अघि) ४४७ पाठक संख्या

रौतहट । रौतहटमा वर्षाको कारण घर भत्किँदा च्यापिएर एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

बौधीमाई नगरपालिका १ अजगैबी बस्ने ४५ वर्षीया फुलमतिया देवीको शुक्रबार दिउँसो  घरले च्यापिएर मृत्यु भएको हो ।

घरमा सुतिरहेको अवस्थामा अविरल वर्षाको कारण घर भत्किन जाँदा च्यापिएर गम्भीर घाइते भएकी उनको उपचारको लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस