चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाका अधिकास किसानहरु दुध उत्पादन तथा बिक्रिबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्पराकाल देखि स्थानिय बजारका केहि चिया पसलहरुमा दुध बिक्रि गर्दै आएका किसानहरु अहिले आफ्नै गाउँमा स्थापित दुध डेरीमा जम्मा गदै आएका छन् ।
मध्यबिन्दु नगरपालिका वाड नं १ पतवारीमा स्थापना भएको प्राकृतिक कृषि सहकारी संस्थाले किसानको जीवनस्तर उकास्न सहज होस् भन्दै विगत ७ वर्ष देखि विविध सेवा दिँदै आएको छ ।
संस्थाले सुरुमा दुध डेरी स्थापना गरी कुटानी पिसानीको सेवा संगसगै,अहिले दाना समेत यही संस्थामा उत्पादन हुनथालेको छ ।
सहकारीले दैनिक ९०० लिटर बढि दुध संकलन हुने गरेको छ। किसानहरुले उत्पादन गरेको दुध सहकारीले सहज रुपमा लिने गरे पछि कोल्हुवाका १५० घर बढि किसानहरुले दैनिक दुध जम्मा गदै आएका छन् । ६९ सालमा स्थापना भएको सहकारीले आफ्नै जग्गामा भवन निर्माण गरी किसानहरुलाई सुलभ मुल्यमा कुटाउने पिसाउने , दाना बनाउने र दुध संकलन गर्दै आइरहेको संस्थाका अध्यक्ष इन्द्र बहादुर खड्का बताउनुभयो ।
दाना उत्पादनका लागि फर्वाड नेपाल भरतपुर मार्फत अनुदान स्वरुप सो मेसिन उपलब्ध गराएको थियो । अहिलेलाई उत्पादन गरेको दाना आफ्ना सदस्य किसानलाई मात्र सहकारीले दाना बिक्री वितरण गदैआएको छ । बजारबाट ल्याएको दानाले लागत मात्र बढ्ने गरेको तर पशुको पाचन प्रणालीमा पनि समस्या हुने गरेको थियो । कतिपय दानहरु गुणस्तरहीन नै हुने गरेकाले पनि दुध उत्पादनमा असर गरेको निश्कर्ष निकाल्दै किसानहरुले सहकारीमा गुणस्तरीय दाना उत्पादन भएपछि धेरै सहज भएको किसान भुपराज भण्डारीले बताउनुभयो ।
त्यस्तै अर्का किसान दीपक गैरे भन्छन्; यस सहकारी सस्थाले हाम्रो जीवन स्तर उकास्न धेरै सहयोग गरेको छ । नजिकै रहेको सहकारीले किसानहरुलाई सुलभ मुल्यमा कुटाउने पिसाउने , दाना उत्पादन र दुध संकलन साथै गुणस्तर दाना प्रदान गर्दा धेरै सहज भएको हो । उहाँले अनुभव सुनाउनुभयो । पछिल्लो समय दुध बिक्री नै यहाँका किसानहरुको मुख्य आम्दानीको श्रोत बनेको हो । यहाँका किसानले दैनिक ५ लिटरदेखी ७० लिटरसम्म दुध उत्पादन गर्दै आएका छन ।
यहाँका किसानहरुले दुध उत्पादनकै लागि उन्नत जातका गाई होलेष्टेन,जर्सी र भैंसी लगायतका पाल्दै आएको पाइन्छ । त्यसैले पशुपालक किसानले गरेको मेहनतलाई खेरजान नदिन सरकारले सहयोग गर्नु पर्ने देखिन्छ । संस्थाको मातहातमा १० वटा व्यावसायिक पशुपालन फार्म दर्ता भएका छन् । १५० जना कृषक दुग्ध व्यवसायमा संलग्न रहेका छन् भने सहकारीमा दैनिक ९०० सय लिटर दूध सङ्कलन हुँदै आएको छ । विसं २०६९ मा स्थापित संस्थामा हाल ३४५ जना शेयर सदस्य छन् । सहकारीमा ४ जना श्रमिकले रोजगारी पाएका छन् ।