२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

एसईई परीक्षा वैशाख ९ गतेदेखि

२०७८ माघ २६, बुधबार प्रकाशित ( साल अघि) ६२९ पाठक संख्या

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम शुरू गरिसकेको छ । निर्वाचन गराउन कर्मचारी खटिनुपर्ने भएकाले त्यसअघि नै परीक्षा सक्ने योजनाका साथ बोर्डले उक्त निर्णय गरेकाे हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षा ताेकिएकाे हाे । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बोर्डले जनाएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस