२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

पत्रकार महासंघ नवलपुरद्वारा दुईदिने तालिम सम्पन्न

२०७८ फागुन २, सोमबार प्रकाशित ( साल अघि) ९४२ पाठक संख्या

कावासोती । नेपाल पत्रकार महासंघ, नवलपुर शाखाको आयोजनामा क्षमता अभिवृद्धि तालिम आज अमलटारीमा सम्पन्न भएको छ । पत्रकारितामा भाषा र कानुन विषयक सम्बन्धित दुईदिने तालिम माघ २९ गतेदेखि सुरू भएको थियो ।

नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष बिरेन्द्र पराजुलीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया प्रमुख अतिथि रहनु भएको थियो ।

273447066_4872504989496574_3190079724679669253_n

उपप्रमुख मर्दनियाले आफू स्थानिय तहमा रहँदा र नरहँदा पनि आफूले पत्रकार साथीहरूलाई सक्दो सहयोग गरिरहने प्रतिबद्धता गर्नु भएको थियो । आवासीय रूपमा भएको दुई दिने तालिमको सहयोग कावासोती नगरपालिकाले गरेको थियो ।

प्रशिक्षण कार्यक्रममा पत्रकारिताको भाषामा अन्नपूर्ण पत्रिकाका सम्पादक अखण्ड भण्डारी र पत्रकारितामा कानुनको विषयमा अधिवक्ता भूपेन्द्र खनालले प्रशिक्षण दिनु भएको थियो ।

FB_IMG_1644783504297

त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष रामकुमार श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरू विद्रोही गिरी, सागर पोख्रेल प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सचिव अर्जुन अविरल, समाजवादी प्रेस गण्डकी प्रदेश सहसंयोजक खगेन्द्र पराजुली, प्रेस सेन्टर नवलपुर जिल्ला अध्यक्ष भूमिश्वर पौडेल, प्रेस चौतारी जिल्ला अध्यक्ष शालिकराम कोईराला, प्रेस युनियन जिल्ला उपाध्यक्ष श्रीधर उपाध्याय, फोनिज अध्यक्ष चन्दा गुरूङ्ग लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस