२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

चेतनले मनाए वैवाहिक वर्षगाँठ मृगौला पीडितलाई आर्थिक सहयोग गरी

२०७८ फागुन २, सोमबार प्रकाशित ( साल अघि) १४१३ पाठक संख्या

चोरमारा । नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधी चेतन पौडेलले आफ्नो वैवाहिक वर्षगाँठ फरक ढंगले मनाएका छन् । आइतबार वैवाहिक जीवनको २५औँ वर्ष पार गरेको उपलक्ष्यमा पौडेलले मध्यविन्दु नगरपालिका वडा न: १० टांडीका एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका हुन् ।

मध्यविन्दु उधोग बाणिज्य संघका महासचिव समेत रहेका समाजसेवी पौडेलले मृगौलामा समस्या भई उपचाररत ४० वर्षिय नीर बहादुर बि.क.को उपचारका लागि ५ हजार रुपैयाँ सहयोग गरी आफनो वैवाहिक वर्षगाँठ मनाएका हुन् ।

Received_630898644803438

उनले उक्त रकम मृगौला पीडितलाई हस्तान्तरण गरेका छन् । पौडेलले वर्षगाँठलाई मानव सेवासंग जोड्ने उद्देश्यले सहयोग गरेको बताउँदै गरिब जनताले उपचार गर्न नसकेर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले राज्यले स्वास्थ्य उपचारको निःशुल्क व्यवस्था गर्नुपर्ने बताए छन् । वैवाहिक वर्षगाँठमा फजुल खर्च गरी रमाईलो गर्नु भन्दा गरीब दुःखीको घाउमा मल्हम लगाउन सकियोस् भन्ने अभिप्रायले आफुले सानो सहयोग गरेको बताए ।

पौडेलले मृगौला पीडित उपचार खर्चिलो भएकाले पीडितका लागि देश तथा विदेशमा रहेकासंग सहयोगका निम्ति अपिल समेत गरेका छन् । उनले थप आर्थिक जुटाउन सहयोग र समन्वय गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् । वैवाहिक वर्षगाँठको अवसरमा सहयोग गरेको भन्दै मृगौला पीडित परिवारले धन्यवाद ज्ञापन गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%

प्रतिक्रिया दिनुहोस