२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

त्रिवेणीधाममा ८ वर्षमा पनि बनेन झोलुङ्गे पुल

२०७८ फागुन १३, शुक्रबार प्रकाशित ( साल अघि) ४७१ पाठक संख्या

नारायण शर्मा

पूर्वी नवलपरासी — त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल ८ वर्ष भइसक्दा पनि पूरा हुन सकेको छैन । त्रिवेणीस्थित गजग्राह र पूर्वतर्फ नारायणी नदी पारि रहेको चितवन निकुञ्जको वाल्मीकि आश्रम जोड्ने पुलको शिलान्यास गरेको ८ वर्ष पूरा भइसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

 

२०७० साल असार ३० गते यो पुल निर्माण गर्न जिम्मेवारी ठेकेदार श्री गीता रुविना मना जे भिले पाएको हो । ठेक्का पाएको निर्माण कम्पनीले ०७३ असार ९ गते निर्माण सम्पन्न गरेर हस्तान्तण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर‚ ठेकेदार कम्पनीले तोकिएको समयमा काम सम्पन्न नगरेर म्याद थप्न मन्त्रालयमा दिएको निवेदनअनुसार मन्त्रालयले तेस्रो पटक म्याद थपेर २०७७ मंसिर २० गतेको समय दिएको थियो । त्यो अवधिमा पनि काम सम्पन्न नगरेर फेरि ठेकेदार कम्पनीले म्याद थप्न निवेदन दिएको विनयी त्रिवेणी गाउँपालिकाले जानकारी दियो । तत्कालीन मुख्य सचिव लिलामणी पौडेलले २०७० सालमा पुलको शिलान्यास गरेको स्थानीय बताउँछन् ।

यो पुल त्रिवेणीको विकासका लागि कोशेढुंगा भए पनि ठेकेदारले कामै नगरेको स्थानीय बताउँछन् । ‘हामीलाई अनुगमन गर्ने अधिकारी छैन । स्थानिय बासिन्दा किन काम भएन भनेर सोधेको सोध्यै गर्छन् । हामीसँग जवाफ नै छैन जिसिले भने समयमा काम नगरेका कारण लागत रकम पनि बढेको छ । यो ठेकेदार र मन्त्रालयको चरम लापर्बाही हो । भुइँदेखि पुलसम्म पुग्न बनाइएको पक्की स्ल्याब भत्किएको छ‚’ गाउँपालिका अध्यक्ष डम्बर जिसीले भने । कामको अनुगमन गर्न केहि नआउने स्थानीय दिवाकर गौडेलले बताए ।

‘झट्ट हेर्दा यो पुल महाकाली नदीमा रहेको पुलको झल्को दिने खालको छ । सरासर काम भए पनि अझै कम्तीमा ५, ६ महिना लाग्ला‚’ जिसी भन्छन्‚ ‘चरम लापर्बाही छ । १५ दिन काम गरेपछि ठेकेदार बेपत्ता हुने गरेको छ ।’

पुल निर्माणको सुरुको लागत रकम ५ करोड ८७ लाख २२ हजार ३ सय ८५ रुपैयाँ रहेको छ । त्यसपछि थपिएको म्यादमा कति रकम बढ्यो भन्ने जानकारी नै नभएको जिसी बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस