२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नेपाली कांग्रेस मध्यविन्दु –२ कोल्हुवामा टोल समिति गठन

२०७८ फागुन १४, शनिबार प्रकाशित ( साल अघि) २१६१ पाठक संख्या

चोरमारा । नेपाली कांग्रेस मध्यबिन्दु नगरपालिका २ नम्बर वार्ड कार्यसमितिले एकै दिनमा ३ वटा टोल कार्यसमिति गठन गरेको छ ।

कांग्रेसको बिधान बमोजिम गठन गर्नुपर्ने टोल समिति गठनमा २ नम्बर वार्ड कार्यसमितिले निरन्तरता दिइरहेको समितिका सभापति रेशम थापाले जानकारी दिनुभयो ।

अहिले सम्म ३ वटा टोल कमिटी गठन गरिसक्यौं । अब केही दिनमै २ वटै टोलमा कमिटी टुगो लगाछौं,’ थापाले बताउनुभो ।

उहाँका अनुसार पार्टीको निर्देशन अनुसार वडामा कमिटी गठन भएको हो । ‘टोल सुधार कार्यक्रम अगाडि बढिरहेको छ । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तत्पर छौं,’ थापाले भने ।

Received_1952913035097261

आज भएको छुट्टाछुट्टै टोल समिति गठन अन्तर्गत चनौली , हात्तिसार गैरी , हात्तिसार राधाकृष्ण टोल गठन गरिएको हो । यसैक्रममा  चनौलीमा १८ सदस्यीय समिति गठन भएको छ । समितिको सभापतिमा बिष्णु प्रसाद थनेत , उपसभापति बिष्णु प्रसाद पठाक , सचिव होमेन्दर लाल थनेत, सह-सचिबमा नबिना महतो , कोषाध्यक्ष मिना थनेत रहेका छन् ।

त्यस्तै, आजै भएको हात्तिसार गैरी टोल समितिको सभापतिमा शान्ता महतो चयन भएकि छन् । १५ सदस्यीय समितिको उपसभापतिमा पुष्तम नेपाल , सचिव सीता महतो , सहसचिव सरस्वती सपकोटा र कोषाध्यक्ष सोनु राना मगर रहेका छन् ।

Received_640476953726865

नेपाली काङ्ग्रेसको हालको नितिनै पार्टी मजबुद बनाउने रहेकाकाले संगठनलाई सकृय बनाउने योजना रहेको नगर सचिब तिलक न्यौपानेले बताउनुभयो । आगामि वैशाख महिनामा हुने स्थानिय चुनाबको तयारिको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेु पर्ने ,जसले गर्दा तल्लो तहको समिति सम्म कांग्रेसका कामको बिषयमा जानकारी हुने उहाँको भनाई थियो ।

त्यस्तै टोल सुधार कार्यक्रममा हात्तिसार राधाकृष्ण टोल समितिको सभापतिमा बिष्णु भुसाल चयन भएका छन् । भने १४ सदस्यीय समितिको उप-सभापतिमा विरु मगर, सचिब ज्ञानु बोहरा , सह-सचिव सावित्री बस्नेत र कोषाध्यक्ष यम कला भन्डारी रहेका छन् । कार्यक्रमको सहजीकरण वडा सचिव हरि पौडेलले गर्नु भएको थियो ।

Received_619453115816923

आजको गठन कार्यक्रममा समितिका सभापति रेशम थापाको सभादक्षयतामा महाधिवेशन प्रतिनिधि टीका कुमारी महतो, प्रदेश प्रतिनिधि आस्मा पुन, क्षेत्रीय सदस्य गुनाखर चापागाई, दिपक बोटे ,नगर सचिब तिलक न्यौपाने र क्षेत्रीय प्रतिनिधि क्रमशः हिरा माया बोटे, रोम बहादुर बोहरा, सुनिता थापा मगर,जामुन माहतो, नारायण बोहरा,डोल प्रसाद पाठक, नारायण पौडेल, कौशिला भट्टराई, अम्बिका गैरे, मीन बहादुर थापा लगायतका नेता तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस