२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

बैंकिङ चेतनाका लागि सिटिजन्स बैंकले गर्यो घरदैलो कार्यक्रम

२०७८ फागुन २८, शनिबार प्रकाशित ( साल अघि) १२४७ पाठक संख्या

कोल्हुवा । सिटिजन्स बैङ्क कोल्हुवा शाखाले वित्तीय साक्षरता टेवा पु¥याउने उद्देश्यले मध्यबिन्दु – ४ पनौती र लुसलरिमा घरदैलो कार्यक्रम आयोजना गरेको छ । बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता अभियानलाई निरन्तरता दिएको हो ।

Received_571522970995205

हरेक नेपालीमा बैंकिङ्ग पहुँच” भन्ने नारालाई आत्मसात ग्राहकवर्गहरुलाई खाता खोल्नमा अभिप्रेरित गर्ने तथा बैंक खाताको महत्व दर्शाउँदै सिटिजन्स बैङ्क कोल्हुवा शाखाले १ दिने घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

सो घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, बिद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने , कनेक्ट आइपियस , क्यु.आरकोड , ई- भौचर , २ लाख सम्म विना चेक भुक्तानी, रेमिटेन्स लगायतका बैंकिङ्ग सेवा सम्बन्धी जनचेतना जगाउने काम गरिएको सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Received_457166602814990

यो कार्यक्रम मार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाझ पुगेर उहाँहरुलाई बचत गरी भैपरी आउँदा यसबाट हुने फाइदा, नयाँ प्रविधिको प्रयोग गरी बैंकिङ्ग करोवार गर्न जानेको अवस्थामा हुने सहजता तथा सहुलियतपूर्ण कर्जा लगायतका बारेमा समेत बिस्तृत रुपमा जानकारी गराइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस