काठमाडौं । संयुक्त राष्ट्रसङ्घीयको सीएसडब्ल्यूको ६६ औ अधिवेशनमा भाग लिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी अमेरिका प्रस्थान गर्नु भएको छ ।
मन्त्री सँगै मन्त्रालयका सचिव , सह सचिव , महिला विज्ञ गरी छ जनाको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ । मन्त्रिपरिषद् बाट स्वीकृत आठ जनाको भ्रमण टोली मध्ये दुई जना संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि अमेरिकामै रहेकाले नेपाल बाट छ जनाको टोली न्यूयोर्क गएका हुन् ।
महिला अधिकारको प्रवर्द्धन गर्न, विश्वभरि महिलाको जीवनको वास्तविकतालाई दस्तावेजीकरण गर्न र लैङ्गिक समानता र महिला सशक्तीकरणमा विश्वव्यापी मापदण्डहरू तयार पार्नमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
मन्त्री रेग्मीले लैङ्गिक समानता र महिला सशक्तीकरणमा जलवायु परिवर्तन , वातावरणीय र प्रकोप जोखिम न्यूनीकरण नीति र कार्यक्रमहरूले पारेको प्रभावको बारेमा धारणा प्रस्तुत गर्ने योजना रहेको प्रेस संयोजक राज कुमार लामाले बताउनु भयो ।
महिलाको स्थिति सम्बन्धी आयोगको ६६ औँ अधिवेशन संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कस्थित महासभा हलमा १४ देखि २५ मार्च २०२२ सम्म हुनेछ । कार्यक्रम सकाएर मन्त्री रेग्मी सहितको टोली २१ मार्च २०२२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।