२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

जिल्ला अदालत तनहुँमा पनि पल शाहविरुद्ध मुद्दा दर्ता, १४ वर्ष जेल सजायको माग

२०७८ चैत्र ८, मंगलबार प्रकाशित ( साल अघि) १०५७ पाठक संख्या

कावासोती । १४ वर्ष जेल सजायको माग गर्दै जिल्ला अदालत तनहुँमा अभिनेता पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । एक नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा शाहविरुद्ध मुद्दा दर्ता भएको हो ।

मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्धको मुद्दा दर्ता गराएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले शाहविरुद्धको अनुसन्धान सकेर तनहुँस्थित सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।

मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार सजायको माग गर्दै शाहविरुद्धको मुद्दा दर्ता भएको हो । उक्त ऐनको दफा २१९ को (३) को (ग) अनुसारको सजाय माग गर्दै मुद्दा दर्ता भएको हो । उक्त दफामा १४ वर्षदेखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेमा १२ देखि १४ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

ती नाबालिग गायिकाले शाहले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसपछि फागुन १५ मा शाह पक्राउ परेका थिए । सोही उजुरीको छानबिनपछि शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको हो ।

यसअघि नवलपुरमा पनि उनीविरुद्ध मुद्दा दर्ता भएको छ । नाबालिग गायिकाले नवलपुर प्रहरीमा पनि शाहले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । सोही प्रकरणमा जिल्ला अदालत नवलपुरमा शाहविरुद्ध मुद्दा दर्ता भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस