२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा करेन्ट लागेर एकजना गम्भीर घाइते  

२०७८ चैत्र ८, मंगलबार प्रकाशित ( साल अघि) ९७८ पाठक संख्या

कावासोती । नवलपुरमा एक जना पुरुष करेन्ट लागि गम्भीर घाइते भएका छन् ।  कावासोती नगरपालिका वार्ड नम्बर – १६, डण्डा पिप्रेनी स्थित हुप्सेकोट जाने भित्री सडखण्डमा राखेको सडक बत्ती बिग्रिएको र बत्ती फेर्ने क्रममा अचानक करेन्ट लागी एक पुरुष घाइते भएका छन्।

करेन्ट लागेर कावासोती नगरपालिका वार्ड नम्बर – १७ बस्ने वर्ष ४१ का दामोदर लम्साल घाइते भएका हुन् । उनको अवस्था गम्भीर रहेको छ ।

उनलाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डा मा सामान्य उपचार पश्चात् पुरानो मेडिकल कलेज, चितवन पठाइएको अस्थायी प्रहरी पोष्ट डण्डाले बताएको छ ।

उनको मेडिकल कलेजमा उपचार भइरहेको र अवस्थामा पनि केही सुधार आएको प्रहरीले बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस