२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश

२०७८ चैत्र ९, बुधबार प्रकाशित ( साल अघि) ९३९ पाठक संख्या

गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोटले संचालन गरेको घरघर जाउँ काँग्रेस जिताऔँ कार्यक्रम आज गैँडाकोट ३ मा सम्पन्न भएको छ । वार्डका पार्टी सभापति टेकनाथ रिमालको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र १ का सभापति अमृत भट्टचन प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टचनले स्थानीय चुनाव नजिक आएको र यसमा काँग्रेसका उम्मेदवार जिताउन सवै एक भएर लाग्न आह्वान गर्नुभयो ।

लोकतन्त्रको रक्षा गर्दै गणतन्त्रको उपलब्धि र यसले बाँडफाँड गरेका अधिकार जनतासमक्ष ल्याउने एक मात्र पार्टी नेपाली काँग्रेस भएको भन्दै जिताउन आह्वान गर्नुभयो । सोही अवसरमा अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई खादा,अविर र माला लगाई स्वागत गरी सक्रिय भई काँग्रेसको सिद्धान्तमा लाग्न आग्रह गर्नुभएको थियो ।

नगर कार्य सम्पादन समिति सदस्य हर्कवहादुर भुजेलका अनुसार नेपाली काँग्रेसका वडाअध्यक्ष देखि पार्टीले गरेका कार्य राम्रो देखेर प्रवेश गरेको नवप्रवेशीहरुको भनाई थियो । करिव १४८ जना नेपाली काँग्रेसमा प्रवेश गरेको बताइएको छ । कार्यक्रममा प्रदेश क्षेत्रीय सभापति गोपाल सापकोटा, नगर सभापति बद्री सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस