२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बाघको आक्रमणबाट एक महिला घाइते

२०७८ चैत्र १४, सोमबार प्रकाशित ( साल अघि) १५७१ पाठक संख्या

कावसोती । बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं ७ का ५० वर्षीय माया योगी कुँवर पाटेबाघको आक्रमणमा परि घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बाघको आक्रमणबाट घाइते भएकी कुँवरको शरिरमा टाउको र कम्बरमा चोट लागेको बताइएको छ । बाख्रा चराउन गएको बेला बाघले उनलाई आक्रमण गरेको थियो ।

घाइते कुँवरलाई बुटवल स्थित प्रादेशिक अस्पतालमा उपचार पछि घर फर्किएकी प्रहरीले जनाएको छ । केहि महिला अघि पनि नरभक्षी बाघ पहिचान गरि नियन्त्रणको प्रयास गरेको भएपनि असफल भएको थियो । फेरि बाघले त्यस क्षेत्रमा आक्रमण गरेपछि स्थानीय चिन्तित बनेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%५%२%

प्रतिक्रिया दिनुहोस