२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा काँग्रेसको पार्टी कार्यालय उद्घाटन, नवप्रवेशीकालाई अबिर दोसल्लाले स्वागत

२०७८ चैत्र १४, सोमबार प्रकाशित ( साल अघि) ८३१ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा नेपाली कांग्रेसद्धारा १ नम्बर वडा कार्यालयको आज उद्घाटन गरेको छ ।

स्थानीय तह निर्वाचनलाई लक्षितगदै कांग्रेस नवलपुरले पालिका भित्रका सबै वडामा वडा कार्यालय खोल्ने कार्यक्रम अनुसार सोमबार पतवारीमा १ नम्बर वडा कार्यालयको उद्घाटन गरेको हो ।

Received_1640679212964904

नेपाली कांग्रेस मध्यबिन्दु वडा नं.१ का सभापति इन्द्र बहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथिमा नेपाली कांग्रेसका महासमिति सदस्य विष्णु कुमार कार्की रहनु भएको थियोे ।

भने अतिथिमा महाधिवेशन प्रतिनिधि शंकर तिवारी , जिल्ला कोषाध्यक्ष राजकुमार महतो , सहसचिव उदयराज अर्याल, गण्डकी प्रदेश प्रतिनिधि जगत बन्धु अर्याल , क्षेत्रीय सभापति जगत बहादुर कार्की, क्षेत्रिय सदस्य गुनाखर चापागाई, नगर सभापति दोमन भण्डारी , सचीव तिलक न्यौपाने लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Received_1560270887705548

उक्त कार्यक्रममा बाल्दै प्रमुख अतिथि बिष्णु कुमार कार्कीले मध्यबिन्दुमा जसरी पनी नेपाली कांग्रेसको नेतृत्व ल्याउनु पर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो” अबको नेतृत्व नेपाली काँग्रेसको काँधमा आएकाले सबै मध्यबिन्दुवासिले आउदो चुनावमा नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरी विजयी गराई दिन सबै आम नागरिकलाई अनुरोध गर्नुभयो ।”

Received_524758805718629

यस्तै सोहि कार्यक्रममा बोल्दै जिल्ला सहसचिव उदयराज आर्यालले सबैको चाहाना काङ्ग्रेसलाई कसरी सुदृढ बनाउने र आगामी आउदै गरेका निर्वाचनमा कसरी पहिलो पार्टी बनाउने भन्ने रहेको बताउनु भयो । आफुहरुको आन्तरिक चुनाव सकिएकाले अब आगामी तिनै तहको निर्वाचनमा काङ्ग्रेसलाई बहुमतका साथ विजयी गराउन तर्फ सबैले जोड दिनु पर्ने उहाँको भनाई थियो ।

Received_261115889569418

यस्तै अतिथि तिलक न्यौपानेले नेपाली काँग्रेसका बारेमा कम्युनिष्टहरुले भ्रामक कुरा फैलाई रहेको भन्दै त्यस्ता झुठा कुरामा नलाग्न आम नागरिकमा अनुरोध गर्नु भएको छ । ‘चार वर्षमा कम्युनिष्ट नेतृत्वको सरकारले विकासका सवालमा सिन्को पनी नभाचेको बताउदै अबको निर्वाचनमा काँग्रेसको नेतृत्व आए मात्र सब सम्भव हुने धारण व्यक्त  गर्नुभयो ।

आयोजित कार्यक्रममा स्थानीय समाजसेवी ज्येष्ठ नागरिक सस्थापक सभापति पूर्णचन्द्र नेपाल , टीका राम भुसाल , बिष्णु काफ्ले , खेम प्रसाद पंगेनी, फेर बहादुर महतोलाई दोसल्ला उडाएर सम्मान गरिएको थियो । कार्यक्रममा सोही वडाबाट २३ जना नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई अबिर दोसल्लाले स्वागत तथा सम्मान गरि पार्टीमा प्रवेश गराएको छ ।

Received_730684937922005

Received_391050489516714

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस