मध्यविन्दु । मध्यविन्दु नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाको विकाश व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई मंगलवार सम्पन्न भएको हो । नगरपालिकाले हाल सम्म गरेका कार्यप्रगतिको समिक्षा गर्दै सार्वजनिक सरोकारका वारेमा नेपाल पत्रकार महासंघ नवलपुर शाखाको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाले जनताको हित र नगरको समृद्धि लाई मुख्य लक्ष राखेर आफुहरुको कार्यकाल वितेको वताउनु भयो ।
वडा नम्वर ७ को सानो कोठा वाट सुरु भएको नगरपालिकाको सेवा प्रवाहा अहिले आफ्नै तीन तले प्रशासनिक भवन र सवै वडा हरुको सुविधा सम्पन्न कार्यालयमा विस्तार हुनु सफलताको सुचक भएको वताउनु भयो । सवै वडाहरुमा स्वास्थ्य सेवाको उपल्बधता, सडक पहुच, विधुतिकरण, शैक्षिक सुधार लगाएतका क्षेत्रमा मध्यविन्दु नगरपालिकाले ठुलो फडको मारेको नगर प्रमुख रानाले दावि गर्नु भयो ।
कार्यक्रममा नगरको कार्यप्रगति प्रस्तुत गर्दै मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले लक्षीत वर्ग सम्म नगरको पहुच विस्तार र नागरिकको चाहाना अनुसारको सेवा प्रवाहामा नगरपालिका सफल भएको वताउनु भयो । नगर सभा बाट पारित भएका योजनाहरुलाई सम्पन्न गर्न नगरपालिका लागि परेको उहाले वताउनु भयो । चालु आर्थिक वर्षमा पूजिगत खर्च १९.४८ प्रतिशत, चालुगत खर्च ४४.३५ प्र्रतिशत गरि ३२.०४ प्रतिशत वित्तिय प्रगति रहेको प्रमुख प्रशासकिय अधिकृत खनालले वताउनु भयो ।
कार्यक्रममा वोल्दै नेकपा एमाले नवलपुरका सचिव भिमलाल अधिकारीले मध्यविन्दु नगरपालिकाले समग्रमा राम्रा कामहरु गरेको भए पनि स्थानिय राजनैतिक दल संग समन्वय कम हुने गरेको वताउनु भयो । नगरपालिका भित्रको शुसासन र पारदर्शिताका बिषयमा बजारमा चल्ने हल्लाहरुलाई चिर्नका लागि पनि समय समयमा सार्वजनिक सुनुवाई लगाएतका कार्यक्रमहरु गर्नु पर्ने सुझाव दिनु भयो । नगरको सेवा प्रवाहामा जनताले सहजता महसुस हुने गरी सेवा दिन पनि कर्मचारीहरुलाई आग्रह गर्दै नेकपा एमाले नवलपुर जिल्ला सचिव अधिकारीले जनताले जनप्रतिनिधिको मात्र नभएर कर्मचारीको पनि मुल्याङकन गर्ने वताउनु भयो ।
त्यसैगरी राप्रपा नवलुरका जिल्ला अध्यक्ष बिष्णु अधिकारीले मध्यवर्ति क्षेत्रका जनताले निकुञ्जको नियम अनुसार काम गर्नु पर्दा विकाश निर्माणमा धेरै अवरोध भएको वताउनु भयो । मध्यविन्दु नगरपालिका स्थापना भएपछि जनताको आशा र अपेक्षा अनुसार काम भए नभएको स्वमुल्याङकन गर्दै अगाडि वढन पनि उहाले सुझाव दिनु भयो ।
कार्यक्रममा वोल्दै माओवादी केन्द्रका मध्यविन्दु नगर अध्यक्ष हरि पाण्डेले धेरैको वलिदानि र त्याग वाट प्राप्त यो स्थानिय सरकारलाई जवाफदेहि र पारदर्शि वनाउन अनुरोध गर्नु भयो ।
सार्वजनिक सुनुवाईमा सहभागि मध्यविन्दु नगरपालिकाका सर्वसाधारणले नगरभित्रका विभिन्न बिषयमा जिज्ञाषा राखेका थिए । सर्वसाधारणले राखेको जिज्ञाशा मध्यविन्दु नगरप्रमुख चन्द्र वहादुर राना , उपप्रमुख ओमकुमारी महतो, प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले समाधान गर्नु भएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ नवलपरासी पूर्वका सचिव बिष्णु गौडेलले सहजिकरण गर्नु भएको थियो ।