२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

लमजुङ्गमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

२०७८ चैत्र १५, मंगलबार प्रकाशित ( साल अघि) ९२८ पाठक संख्या

पोखरा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, क्षेत्रीय कार्यालय पोखरा अन्र्तगतको शाखा कार्यालय दुईपिप्ले लमजुङ्गको आयोजनामा मिति २०७८ चैत्र १३ गते दुईपिप्ले शाखाका बिभिन्न केन्द्रका कुल ५० जना सदस्यको उपस्थिती बित्तिय साक्षरता कार्यक्रम तालिम सम्पन्न भयो ।

क्षेत्रिय कार्यालयबाट क्षेत्रिय प्रमुख बिष्णु प्रसाद पराजुली , कार्यक्रम अधिकृत दामोदर पाठक र शाखा प्रमुख सुर्यमणि कोईरालाको उपस्थिति रहेको सो कार्यक्रममा शाखाका शाखा प्रमुख सुर्यमणि कोईरालाले तालिमका सहभागीहरुलाई स्वागत मन्तब्य राख्नु भएको थियो ।

 

कार्यक्रम अधिकृत दामोदर पाठकले वित्तिय साक्षरता अन्र्तगत बित्तिय साक्षरताको परिचय,बित्तिय साक्षरताको उद्येश्य ,बित्तिय लक्ष्य निर्धारण, समुदायको बर्तमान अबस्थाको बिश्लेषण,हाम्रो जिबनका आवश्यकताहरु , बचतको परिचय, महत्व, बचतका तरिका र बचतको योजना, बचत गर्ने तरिकाहरु , संस्थाले ऋण लगानी गर्दा र सदस्यले कर्जा लिँदा ध्यान दिनुपर्ने कुराहरु , व्यावसायिक योजनाको तयारी, समयमा ऋण तिर्न नसक्नुका कारणहरु, सफलतापूर्वक ऋण व्यवस्थापन गर्न सुझावहरु , बजेट भित्र बस्ने उपायहरु, वित्तीय सेवा प्रदायकहरू छनोट गर्दा ध्यान दिनु पर्ने कुराहरू, बचत गर्दा,ऋण लिँदा बुभनु पर्ने कुराहरु , जोखिम सामना गर्ने उपायहरु , वीमा र प्रमुख कार्यकारी अधिकृतको सन्देश आदिको बारेमा जानकारी गराउनु भएको थियो ।

 

क्षेत्रिय प्रमुख श्री विष्णु प्रसाद पराजुलीेले निर्धन संस्थाले उपलब्ध गराउने सेवा सुविधाहरु ,संस्थाको परिचय, संस्थाले सदस्यहरूलाई उपलब्ध गराउने कार्यक्रम तथा तालिमहरू, संस्थाले उपलब्ध गराउने गैर वित्तीय सेवाहरू अन्र्तगत संस्थाले २०७७/७८ मा उपलब्ध गराएका गैर वित्तीय सेवाहरु, समूहमा आवद्ध सदस्यको लागि बचत कार्यक्रमहरु , सर्वधारणहरूको लागि बचत कार्यक्रमहरु, कर्जा सेवा आदीको बारेमा जानकारी गराउनु भएको थियो ।

 

अन्त्यमा बित्तिय साक्षरता कार्यक्रमामा उपस्थित भएक सबै सहभागीहरुलाई क्षेत्रिय प्रमुख बिष्णु प्रसाद पराजुलीले आज सिकाईएका कुराहरुलाई सबैले आफ्नो दैनिक जिबनमा प्रयोग वा कार्यान्वयन गर्दै आफु , आफ्नो परिवार र समाजलाई  नै परिबर्तन गरी समृद्ध हुन  आव्हान गर्दै तालिमको समापन गर्नु भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%

प्रतिक्रिया दिनुहोस