२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

स्थानीय तह निर्वाचनः नवलपुरमा १५ सय कर्मचारी परिचालन हुँदै

२०७८ चैत्र १६, बुधबार प्रकाशित ( साल अघि) ५१९ पाठक संख्या

कावासोती । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नवलपुरमा १५ सय कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो ।

जिल्लाका ८ वटै पालिकामा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी प्रमुख लालप्रसाद भुसालले जानकारी दिनुभयो ।

कार्यालयले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि कर्मचारी र शिक्षकको विवरण माग गरेको छ । यस अघि २ सय ५८ वटा मतदान केन्द्र रहेका थिए । अहिले मतदाता संख्या बढेकाले मतदान केन्द्र बढाउन विषयमा छलफल चलेको उहाँले बताउनुभयो ।

यतिनै मतदान केन्द्रको संख्या पुग्ने भन्ने यकिन नभएको भएपनि ३ सय १ वटा सम्म केन्द्र पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
यसै गरि जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि करिब १ हजार ५ सय ५ कर्मचारी आवश्यक पर्ने देखिएको जिल्ला निर्वाचन अधिकारी भुसालले बताउनुभयो । यस्तै करिब नौ सय तीन जना स्वयम् सेवक आवश्यक पर्ने उहाँले बताउनुभयो । यस बाहेक सुरक्षाकर्मी अगल चाहिने उहाँको भनाई रहेको छ ।

आवश्यक कर्मचारी जिल्ला स्थित सरकारी कार्यालयबाट व्यवस्थापन गरिने छ । सरकारी कार्यालयबाट कर्मचारी पूर्ति नभए शिक्षक, वाणिज्य बैंक, कृषि बैंकबाट समेत निर्वाचनमा परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी भुसालले बताउनुभयो । आवश्यक कर्मचारीको बारेमा जानकारी जिल्लाको मुख्य निर्वाचन अधिकृत समक्ष गराइएको उहाँले बताउनुभयो । कर्मचारी खटनपटनको काम मुख्य निर्वाचन अधिकृतबाट हुने उहाँको भनाई रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस