२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भारतीय ट्रकको ठक्करबाट १ जनाको मृत्यु

२०७८ चैत्र १७, बिहिबार प्रकाशित ( साल अघि) २०९३ पाठक संख्या

गैँडाकोट । नवलपुरको  गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका वडा नं ८ स्थित गैंडाकोट डेरी अगाडि युपी ९३ बि.टी ४७४५ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा साईकलका सवार व्यक्तिको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भिर घाईते भएका पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ।

साईकल यात्रीलाई ठक्करदिने सवारी र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । मृतक अन्दाजी ५५ बर्षीय पुरुषको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%३%१%

प्रतिक्रिया दिनुहोस