२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

चितवनमा गुडिरहेको कारमा आगलागी

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित ( साल अघि) ७२२ पाठक संख्या

चितवन । चितवनमा गुडिरहेको कारमा आगलागी भएका छ । रत्ननगर नगरपलिका १३ जयमंगलामा गुडिरहेको बा १७ च ७८९३ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानविय क्षति भने हुन पाएन । बकुलहरचोकबाट जयमंगलातर्फ जाँदै गरेको कारमा आज बिहान ११:२० बजे अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ११:४५ बजे आगो नियन्त्रणमा लिईएको थियो । कारको ब्याट्री सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस