२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुका वडामा चुनावी चहलपहल : आकांक्षीहरु बढ्दै

२०७८ चैत्र १९, शनिबार प्रकाशित ( साल अघि) ३३५७ पाठक संख्या

कावासोती । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै जाँदा मध्यबिन्दुको स्थानिय तहहरुमा उम्मेदवारहरुको नाम चर्चा हुन थालेका छन् । मध्यविन्दुको १५ वटै स्थानिय तहहरुमा बिभिन्न पार्टीका दावेदारहरुको नाम चर्चा हुन थालेका हुन् ।

नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर– २ कोल्हुवामा नेपाली कांग्रेसबाट ४ जनाको नाम अहिले धेरै चर्चा हुन थालेका छन् । नेपाली कांग्रेसबाट मध्यविन्दु – २ मा ४ जनाको नाम चर्चा हुन थालेपछि उनीहरु अहिले जनतासँग भेटघाट र कार्यक्रममा व्यस्त भएको पाइएको छ ।

नेपाली कांग्रेस मध्यबिन्दु – ०२ को वडाध्यक्षको दावेदारहरु युवा नेता क्षेत्रिय प्रतिनिधि नारायण पौडेल , क्षेत्रिय सदस्य गुनाखर चापागाई , क्षेत्रिय प्रतिनिधि जामुन राम थारु र पूर्व वडा सभापति मीन बहादुर थापा अहिले चर्चामा रहेका छन् । यसबाहेक अन्य केही नेताहरूले भित्री रुपमा आकांक्षा राखेको भएपनि बाहिरी रुपमा खुलेका छैनन् ।

नेपाल सरकारले २०७९ साल बैशाख ३० गते स्थानिय तहको निर्वाचन मिति घोषणा गरेको हुदाँ नवलपुरमा पनि चुनावीको सरगर्मि बढ्दै गाएको पाइएको छ । मध्यविन्दु – ०२ मा गत वर्षको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका नेता नारायण पौडेल बिजयी भएका थिए । पौडेलले आफू पुनः एक कार्यकाल दोहोरिने आकाक्षा व्यक्त गरेको पाईन्छ ।

त्यस्तै आउँदो निर्वाचनमा नेपाली कांग्रेसको लालकिल्ला तोडनका लागि नेकपा एमालेले कसरत सुरु गरेको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको मध्यबिन्दु-०२ मा आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कम्युनिष्ट किल्ला’ भत्काएको कांग्रेसलाई यसपटक पुनः मेयरमा आफ्नै पार्टीको मेयर दोहोर्याउँने चुनौती छ भने एमालेलाई आफ्नो पुरानो विरासत फर्काउँदै आफ्नो पार्टीको मेयर जिताउँने चुनौती छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%५%३%१%४%

प्रतिक्रिया दिनुहोस