२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरी कार्यान्वयन गर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रतिबद्धता 

२०७८ चैत्र २४, बिहिबार प्रकाशित ( साल अघि) ९८८ पाठक संख्या

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले, “अपाङ्गता भएका समुदायको हकहितको लागि रोकिएको कार्यविधि यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गर्न पहल भइरहेको” बताउनु भएको छ ।

मन्त्री रेग्मीले अहिले रातो कार्ड भएकाले मात्रै भत्ता  पाउने व्यवस्था भएकोले त्यसलाई परिमार्जन गरेर निलो वा अरू कार्ड भएकालाई पनि भत्ता दिलाउने प्रयासमा आफू रहेको बताउनुभयो । अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई सामग्रीहरू वितरण गर्दै मन्त्री रेग्मीले बताउनुभयो, हात नभएको व्यक्तिले कसरी गरी खाने ? अपाङ्गताको श्रेणीमा मात्र राखेर भएन गरेर खाने व्यवस्था पनि त हुन प¥यो ।”

अपाङ्ग भएका समुदायको हकहितको लागि आफू सधैँ अग्र पङ्क्तिमा रहेको बताउनुहुँदै मन्त्री रेग्मीले आगामी बजेटमा अपाङ्गता क्षेत्रलाई  लाई विशेष प्राथमिकतामा राखिएको समेत बताउनु भयो । “राज्यको श्रोत साधनले नभ्याएर पनि होला तर अपाङ्गता भएका समुदायलाई गाँस काटेर भए पनि प्राथमिकता दिन पर्छ” उहाँले बताउनुभयो “आफ्नो अधिकारको लागि सबैले सशक्त रूपमा आवाज उठाउन जरुरी  छ ।

नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रले अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई व्हिल चेयर, कमोड चेयर, हट ब्याग ,सेनिटरि प्याड, बैसाखी लगायतका सामग्री हरू वितरण गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस