२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

सोमबारदेखि हराएका गैँडाकोटका २२ बर्षीय अधिकारी बर्दियामा भेटिए

२०७८ चैत्र २४, बिहिबार प्रकाशित ( साल अघि) ९६६ पाठक संख्या

गैँडाकोट । गत सोमबार घरबाट नारायणगढ स्थित जिमहल हिडेर परिवारको सम्पर्क बाहिर भएका गैँडाकोटका २२ वर्षका राजेश अधिकारी (दामोदर) बर्दियामा भेटिएका छन् । बर्दियाको बाँसगढी नगरपालिकाका स्थित हाम्रो पौडेल स्टाफ होटलमा अधिकारी फेला परेको उनका आफन्त प्रदिप अधिकारीले जानकारी दिए ।

उनि के कारणले बर्दिया पुगेका हुन् भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन । अधिकारीलाई लिन उनका आफन्तहरु बर्दिया पुगीसकेका छन् । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातकतह दोस्रो बर्षमा अध्ययरत अधिकारी सोमबार साँझ ५: २० वजे घरबाट पैदल हिडेर घर नआएपछि सबैमा चिन्ता छाएको थियो । आमा हरिमाया अधिकारीले छोरा हराएको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा निवेदन समेत दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस