२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

कोल्हुवा सिटिजन्स बैंकले वैशाख ६ गतेदेखी सामाजिक सुरक्षाभत्ता वितरण गदै

२०७८ चैत्र २९, मंगलबार प्रकाशित ( साल अघि) १६६१ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा वैशाख ६ गते देखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लागेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो त्रैमासिक मासिक भत्ता बैंक मार्फत वितरण गर्न लागीएको सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले सूचना मार्फत जानकारी दिनुभयो । सिटिजन्स बैङ्कको कार्यालय चौराहाबाट वैशाख ६ देखि २७ गतेसम्म वडागत रुपमा भत्ता वितरण गरिने भएको छ ।

बैंकले वैशाख ६ , ७ ,८ र ९ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर २ का लाभग्राहीहरुलाई बितरण गरिने छ ।
वैशाख ६ गते :- सितापुर
वैशाख ७ गते :-  नन्दपुर
वैशाख ८ गते :- चनौली
वैशाख ९ गते :- कोल्हुवा

त्यस्तै वैशाख १२,१३,१४ र १५ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर ३ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ।
वैशाख १२ गते :- ईटौरा
वैशाख १३ गते :-  लेढा
वैशाख १४ गते :- रतनपुर
वैशाख १५ गते :- ब्रह्मस्थान

त्यस्तै वैशाख १९, २० र २१ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का लाभग्राहीहरुलाई बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लागेको हो ।
वैशाख १९ गते :- पनौती चोक
वैशाख २० गते :- लुसलहरी
वैशाख २१ गते :- मदनपुर , घुम्पुरा

त्यस्तै वैशाख २५, २६ र २७ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर १ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ ।
वैशाख २५ गते :- पतवारी
वैशाख २६ गते :- गुणचरी
वैशाख २७ गते :- सेतोपानी र अभियोन

त्यसैगरी बैंकमा आउन नसक्ने ,अशक्त ,अपांग, बिरामी, ८० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै गई लाभग्राहीहरुलाई भत्ता वितरणगरिने भएको हुँदा घरपरिवारको व्यक्तिले बैंकमा सम्पर्क गरी भत्ताको कार्ड र चेक बुक उपलब्ध गराईदिनुहुन समेत बैंकले सम्बन्धित वडालाई आग्रह गरेको छ ।                                                                      हेर्नुहोस् सूचना !!!

Screenshot_20220411 173510_Office

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस