२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नयाँ बर्षमा नारायणीमा घुईचो

२०७९ बैशाख १, बिहिबार प्रकाशित ( साल अघि) १५६५ पाठक संख्या

नारायण शर्मा

कावासोती । नयां वर्षको अबसरमा नारायणी नदीमा स्नानगर्नेको घुइचो लागेको छ । बिहिवार बिहानैदेखि नदी किनारका घाटमा स्नान गर्ने , पुजापाठ गर्ने र दानदिनेहरुको घुइचो लागेको छ ।

नारायणी नदी किनारका गैडाकोट, पिठौली, सिख्रौलीघाट, गुन्द्रहीघाट, त्रिवेणीधाममा भक्तजनहरुको भिड लागेको छ । त्रिवेणी स्थित गजेन्द्रमोक्षधामका स्वामी कृष्णप्रपन्ननाचार्यका अनुसार त्रिवेणीधामको गजेन्द्रमोक्ष दिब्यधाममा नेपाली र छिमेकी भारतिय भक्तजन भरीभराउ छन ।

बाल्मीकी आश्रम नजिकको नाराणी नदीमा स्थान गरेर दान गर्नाले पुन्य मिल्ने बिश्वासले नेपाल भारतका हजारौ तिर्थालु नया वर्षका अबसरमा त्रिवेणीधाममा आउने गर्छन । यहाका मठमन्दिरमा भर्जन किर्तन गर्ने चलनपनि छ ।

पंडित चुडामणी भटराईका अनुसार नयांवर्षका दिन नारायणी स्नान गरी नजिकमा मठमन्दिरमा पुजाआजा गरेर ब्राम्हण र दिनदुखिलाई दान गर्नाले वर्षभरी पुन्य मिल्ने र रोगब्याधि नलाग्ने बिश्वास रहेको छ । वर्ष शुभ रहोस भनेर सूर्य मिन राषिवाट मेषराषिमा आउने भएका कारणले वर्षभरी नै भगवात आर्षिवाद प्राप्त रहोस भन्ने मनोकांक्षा प्ुरा गर्ने भएकाले स्नान र पुजाकर्म गरिने भटराई बताउछन ।

बिहानैदेखि सबै उमेर समुहका भक्तजनहरुको नदी किनारमा घुइचो लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस