२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नयाँ वर्षको पहिलो दिन मौलाकालिका र देवघाटमा भक्तजनको भीड

२०७९ बैशाख १, बिहिबार प्रकाशित ( साल अघि) १५६८ पाठक संख्या

कावासोती । नयाँ वर्ष २०७९ को पहिलो दिन चितवन र नवलपुरका विभिन्न तीर्थस्थल र मठमन्दिरमा भक्तजनको घुँइचो लागेको छ । चितवन,तनहुँ र नवलपुरको संगम देवघाटधाममा विहानैदेखि स्नान गर्ने तिर्थालुको भीड लागेको छ ।

नयाँ बर्षका दिन देवघाटधाममा स्नान गर्ने प्रचलन रही आएको छ । चितवन,तनहुँ,नवलपुर र अन्य छिमेकी जिल्लाबाट समेत देवघाटमा स्नानका लागि भक्तजनहरु आएका छन् ।

यस्तै नवलपुरको प्रसिद्ध मैलाकालिका मन्दिरमा आज विहानैदेखि भक्तजनहरुको भिड लागेको छ । मौलाकालिकामा दर्शन गर्न जाने भक्तजनको विहानैदेखि लामो लाइन लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस