२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नदिजन्य पदार्थ दोहनगर्ने सवारीसाधन नियन्त्रणमा

२०७९ बैशाख ३, शनिबार प्रकाशित ( साल अघि) २०८८ पाठक संख्या

गैँडाकोट । नवलपुर प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ दोहन गर्ने टयाक्टर र जेसिविलाई नियन्त्रणमा लिएको छ । ईलका प्रहरी कार्यालय गैँडाकोटले चारवटा ट्याक्टर र एउटा जेसीवीलाई नियन्त्रणमा लिएको हो ।

गैँडाकोट नगरपालिका वडा नं। १५ बाट नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै प्रहरीले ती सवारीसाधनहरु नियन्त्रणमा लिएको छ ।  ना १ क ६१२१ नम्बरको जेसीवी, लु ३ च ७५३९, ना ५ त ७४१७, लु ४ त ५२४५र लु४ त ८८५५ नम्बरको ट्याक्टरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सवारीसाधनलाई अस्थायी प्रहरीपोष्ट बेल्डिहामा राखिएको छ । स्थानीय प्रशासनको निर्णयविरुद्ध नदिजन्य पदार्थको दोहन गरेको पाईएपछि ट्याक्टर र जेसिविलाई नियन्त्रण लिई कारवाहीको प्रकृया सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस