कोल्हुवा । वैशाख ३० गते शुक्रबारका दिन हुन गइरहेको स्थानीय चुनावलाई लक्षित गर्दै मध्यविन्दु नगरपालिका वडा २ मा नेकपा एमालेले सर्वसहमत उम्मेदवार चयन गरेको छ ।
शुक्रबार दिउँसो बसेको वडा कमिटी तथा वडा संयन्त्रको बैठकले सबै उम्मेदवार सर्वसम्मत चयन गरेको हो ।
वडा अध्यक्षमा रामभक्त अधिकारी, खुल्ला सदस्यमा वेनि राम थारु , गेनाराम थारु, महिला सदस्यमा नारायणी कार्की र दलित महिला सदस्यमा शान्ति परियारलाई उम्मेदवार चयन गरेको जिल्ला सचिपालय सदस्य सरस्वती पन्थीले जानकारी दिनुभएको छ ।