नवलपुर । गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले नगरप्रमुुख पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा पुन : नगरपमुख पदमा उमेदवारी दिने तयारी स्वरुप उहाँले नगरप्रमुख पदबाट राजिनामा दिनुभएको हो ।गैँडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेलले नगरप्रमुख पौडेलले दिएको राजिनामा बाचन गरेर सुनाउनुभयो ।
मेयर पौडेलले प्रयोग गर्दै आएको बा २ झ ३६०४ नम्बरको सवारीको चावी समेत निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेल समक्ष बुझाउनुभएको छ ।स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजिनामा दिनुपर्ने प्रावधान अनुसार मेयर पौडेलले राजिनामा दिनुभएको हो ।
बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट छत्रराज पौडेल र यमुनाथ आचार्य मध्ये एकजनाले टिकट पाउने निश्चित छ । यो खबर तयार पार्दासम्म गैँडाकोट नगरपालिकाबाट मेयर पौडेल सहित एघारजना वडाअध्यक्षहरुले राजिनामा दिएका छन् ।