कावासोती । नवलपुरमा गठबन्धनमा भागबण्डा मिलेको छ । यहाँ कांग्रेस र गठबन्धनका अन्य ४ दलबीच सिट बाँडफाँट गरेर निर्वाचनमा जाने सहमति जुटेको छ ।
शनिबार राति ११ बजे सकिएको बैठकले निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको हो । यहाँको कावासोती, देवचुली नगरपालिका र बौलीकालीमा उपप्रमुख माओवादीलाई दिने सहमति भएको हो ।
कांग्रेस जिल्ला सचिव होमराज रानाभाटले ती तिनवटा पालिकामा उपप्रमुख पद माओवादीलाई दिने र अन्य दललाई १० वटा वडा दिनेगरी सहमति भएको जानकारी दिए ।
यसअघि गठबन्धनका दलले ७ वटा पालिका मागेका कारण वार्ता अघि बढन सकेको थिएन । राति अबेर दुई दलबीच सहमति भएको हो ।
गैंडाकोटमा माओवादी र जनमोर्चालाई ४ वटा वडा दिने निर्णय भएको छ । ३ वटा माओवादीलाई र एउटा वडा जनमोर्चालाई दिने निर्णय भएको छ । त्यस्तै कावासोती, र मध्यविन्दु नगरपालिकामा पनि वडा सदस्य दिने सहमति भएको रानाभाटले जानकारी दिए ।