२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

कावासोती मेयरमा कांग्रेसका बागी उम्मेदवार

२०७९ बैशाख १२, सोमबार प्रकाशित ( साल अघि) ११७४ पाठक संख्या

कावासोती । कावासोती नगरपालिकामा कांग्रेसका लोकप्रिय नेता कमलराज गुरौले मेयरमा बागी उम्मेदवारी दिएका छन् । सोमबार कावासोतीस्थित निर्वाचन कार्यालयमा उनले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

२०३६ सालदेखि कांग्रेसमा सक्रिय ६६ वर्षीय गुरौ तत्कालीन अग्यौली गाविसमा नेपाली कांग्रेसको लगातार १५ वर्ष इकाइ सभापति रहिसकेका छन् । त्यसपछिको दुई कार्यकाल क्षेत्रीय उपसभापति रहिसकेका छन् ।

२०४१ सालमा बीपी कोइरालालाई घरमा ल्याएर कार्यक्रम गरेको अभियोगमा जेल परेका व्यक्ति हुन् । ‘सधैं नेपाली कांग्रेस र प्रजातन्त्रका लागि लडियो अब एक पटक पार्टीका ठेकेदारहरुकोविरुद्ध लड्छु,’ मनोनयनपछि गुरौले भने, ‘हामी इमान्दार र अनुशासितहरुको पार्टीमा कुनै अस्तित्व हुँदैन र ? मेरो उम्मेदवारी निष्ठाका लागि हो पदका लागि होइन ।’

०७४ सालको स्थानीय निर्वाचनमा पनि आफूलाई समानुपातिक सांसद बनाउने भन्दै तत्कालीन कांग्रेस महामन्त्री डा शशांक कोइराला, हालका जिल्ला सभापति महेन्द्रध्वज जिसी, विष्णुकुमार कार्की लगायतले प्रतिबद्धता जनाएर पछि बेइमानी गरेको गुनासो गरे । ‘सारा युग कांग्रेसका लागि बिताइयो एक पटक पार्टी ठेक्का दिएर कब्जा जमाउन खोज्नेहरुकाविरुद्ध लड्छु’, गुरौले भने, ‘फिर्ता लिनका लागि उम्मेदवारी दिएको होइन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%२%

प्रतिक्रिया दिनुहोस