२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

कांग्रेसबाट बौदीकाली अध्यक्षमा केबि राना

२०७९ बैशाख १२, सोमबार प्रकाशित ( साल अघि) १३०६ पाठक संख्या

कावासोती । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहका निर्वाचनका लागि नेपाली कांग्रेस नवलपुरले सबै पालिकाका प्रमुख/उपप्रमुख उम्मेदवारको टुङ्गो लगाएको छ ।

यसै सन्दर्भमा नवलपुरको बौदीकाली गाउँपालिकाको पनि जिल्ला कमिटिले टुङ्गो लगाएको छ । नेपाली कांग्रेसबाट बौदीकाली गाउँपालिकामा अध्यक्ष पदका लागि केबि राना मगरलाई उमेदवार घोषणा गरिएको छ ।

यस्तै उपाध्यक्षका लागि भने धनकान्ति घिमिरेलाई उमेदवार घोषणा गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपुरले जनाएको छ । नेकपा एमालेले भने बौदीकाली गाउँपालिकाको अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षको लागि दिल कुमारी सारुमगरलाई उम्मेदवारी घोषणा गरिसकेको नेकपा एमाले नवलपुरले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%१%

प्रतिक्रिया दिनुहोस