२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

गाउँ सभापति नै कांग्रेसका बागी उम्मेदवार     

२०७९ बैशाख १२, सोमबार प्रकाशित ( साल अघि) १२३४ पाठक संख्या

पूर्वी नवलपरासी — हुप्सेकोट गाउँपालिकामा कांग्रेसका गाउँ समिति सभापति नै बागी उम्मेदवार बनेका छन् । हुप्सेकोटमा कांग्रेसले लक्ष्मीदेवी पाण्डेलाई पालिका अध्यक्षमा उम्मेदवार बनाएपछि गाउँ कमिटी सभापति बलबहादुर रानाले बागीका रुपमा मनोनयन दर्ता गराएका छन् । पाण्डे हाल हुप्सेकोटकी निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

उनलाई दोस्रोपटक पनि अध्यक्षको उम्मेदवार बनाएको भन्दै पार्टीका नवनिर्वाचित सभापति राना आफै उम्मेदवार बनेका हुन् ।

४ महिनाअघि सम्पन्न गाउँ अधिवेशनमा पाण्डेले आफूलाई असहयोग गरेको रानाको आरोप छ ।

कावासोतीमा कांग्रेसकै ३ जना मेयरमा बागी उम्मेदवार

कावासोती वडा नम्बर १ का निर्वाचित हालका वडाध्यक्ष नारायणप्रसाद पन्त, कमलराज गुरौ र बालकृष्ण पाण्डेले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । वडा नम्बर १ का अध्यक्ष पन्तले पुन: वडाध्यक्षमा टिकट नपाएकाले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसका पुराना नेता कमलराज गुरौले कांग्रेसले कहिल्यै स्थान नदिएकाले र पार्टी ठेक्कापट्टावालालाई जिम्मा लगाएको भन्दै उम्मेदवारी दिएको बताए ।

त्यसैगरी बालकृष्ण पाण्डेले पनि उम्मेदवारी दर्ता गराएका छन् । कावासोतीमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको छ । यहाँ कांग्रेसले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस