२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा १ हजार ८५ जनाको उमेदवारी दर्ता

२०७९ बैशाख १३, मंगलबार प्रकाशित ( साल अघि) ८०९ पाठक संख्या

नवलपुर । स्थानीय तहको आगामी चुनावका लागि सोमबार साँझ ९ बजेसम्म नवलपुरमा १ हजार ८५ जनाको उमेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगकाअनुसार साढे ८ बजेसम्म प्रमुख पदमा ३० जनाको उमेदवारी परेको छ । त्यस्तै अध्यक्ष पदमा २० जनाको उमेदवारी परेको छ ।

त्यसैगरी उपप्रमुख पदमा १३ जनाको उमेदवारी परेको छ भने उपाध्यक्षमा १६ जनाको मनोनयन दर्ता भएको छ ।

त्यसैगरी वडाध्यक्ष पदका लागि २ सय ६०, महिला सदस्यमा १ सय ७३, दलित महिला सदस्यमा १ सय ५८ र सदस्यमा ४ सय १५ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयनको दिन तोकेको थियो ।

नवलपुरको आठ वटा स्थानीय तहमा जम्मा ४ सय ७६ जना निर्वाचित हुनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस