२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु घरदैलो अभियानमा

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित ( साल अघि) १८९४ पाठक संख्या

कावासोती । नेपाली कांग्रेसको तर्फबाट विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष , वडा अध्यक्ष र वडा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले घरदैलो अभियान तीव्र पारेका छन् ।

 

आफ्नो चुनावी एजेण्डा र विकासका खाका लिएर उनीहरु जनताको घरदैलोमा पुगेका हुन् । गाउँपालिका प्रमुखका उमेदवार डम्मरबहादुर जिसि लगायतको टोलीले घर दैलो अभियान अन्तर्गत शुक्रबार विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ६ र ७ भित्र पर्ने गाउँहरुमा पुगी स्थानीयसँग अन्तक्रिया गर्दै विकासको लागि कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेको थियो ।

20220506_150222

गाउँवासीसंगको भेटघाट कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुखका उम्मेदवार डम्मरबहादुर जिसिले विकासका कामहरुलाई पुर्णता दिन सक्ने सक्षम पार्टि नेपाली कांग्रेस भएको चर्चा गरे ।

 

समृद्धि र विकासका लागि नेपाली कांग्रेसको पक्षमा मतदान गर्न मतदाताहरुलाई जिसिको आग्रह थियो । कार्यक्रममा उपाध्यक्ष उम्मेदवार कला भुझेलले समावेशी विकासनै आजको मुल आवश्यकता रहेको बताइन् । सो घरदैलो अभियान कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा  कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

20220506_143048

कार्यक्रममा बिनय गाउँपालिकाको ६ का वडा अध्यक्ष तथा सदस्य उम्मेदवारहरुको समेत सहभागिता रहेको थियो । घरदैलो अभियानका क्रममा स्थानिय वडावासीले विनयी त्रिवेणी गाउँपालिकाको तर्फबाट वडा क्षेत्रमा भईरहेका विकास कार्य सन्तोषजनक र प्रशंशनीय रहेको चर्चा गर्दै अधुरा योजनालाई सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

20220506_150201

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१८%६%१%

प्रतिक्रिया दिनुहोस