२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

लिङ्देनले राप्रपालाई कति पालिका जिताउन सक्लान्

२०७९ बैशाख २४, शनिबार प्रकाशित ( साल अघि) १०५० पाठक संख्या

काठमाडौं, २३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष भएपछि राजेन्द्र लिङ्देनको चुनावी परीक्षा हुँदैछ । कमल थापालाई अध्यक्षमा पराजित गरी अध्यक्ष भएका उनले राप्रपाको क्रेज बढाएको देखिन्छ । तर, चुनावी परिणामले उनको परीक्षणको टुंगो लगाउनेछ ।

एकै दिन आज ८ वटा चुनावी सभा भ्याएका लिङ्देनको लोकप्रीयता चुलिएको छ । राप्रपाका कार्यकर्ताले उनलाई सभाहरुमा प्रमुख अतिथिका रुपमा खोज्न थालेका छन् । राप्रपामा यतिबेला लिङ्देन र ज्ञानेन्द्र शाही चुनावी भाषणहरुमा बढी व्यस्त छन् ।

झापाबाट प्रतिनिधि सभाको चुनाव जितेका लिङ्देनकै कारण राप्रपा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सुन्य सिट हुनबाट जोगियो । लिङ्देनले हिन्दूराष्ट्र र राजसंस्थाको खुलेर बहस छेडे सदनमा । यो मुद्दा विस्तारै फैलिइरहेको छ । यसको प्रभाव कति बढ्यो या घट्यो चुनावी नतिजाले देखाउने छ ।

स्थानीय निकायमा राप्रपाले देशका अधिकांश पालिकाहरुमा उम्मेदवारी दिएको छ । राप्रपाले प्रदेश १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा महत्वपूर्ण जीतहरु निकाल्ने आशा लिएको देखिन्छ । गएको स्थानीय चुनावमा नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाबाट जितेका धबल शमशेर अहिले महामन्त्री छन् । तर, यसपटक उनी चुनावी मैदानमा छैनन् ।

राप्रपाले पालिकाहरुमा जित र राम्रो मत ल्याउन सकेमा आगामी संसदको चुनावमा प्रभाव बढाउने गरी सन्देश दिन सक्छ । यसकारण पनि लिङ्देन निकै सक्रिय छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस