२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

भूमिहीनले लालपूर्जा नपाए अर्काे पटक भाेट माग्नै आउँदीन : महेन्द्र पाेख्रेल

२०७९ बैशाख २४, शनिबार प्रकाशित ( साल अघि) १००२ पाठक संख्या

बैशाख २४, कावासाेती । कावासाेतीकाे गठबन्धनका मेयर पदका उम्मेद्वार महेन्द्र पाेख्रेलले चुनावी अभियानकाे क्रममा आफू कावासाेती नगरप्रमुख भएपछि सुकुम्बासीले लालपूर्जा नपाए अर्काे पटक भाेट माग्न नआउने बताउनु भएकाे छ । चुनावी घरदैलाेकाे क्रममा कावासाेती वडा नं. १० मगरकाेटमा भएकाे काेणसभामा उक्त भनाई भन्नु भएकाे हाे ।

 

अर्काे दलले केही दिनमै लालपूर्जा बाड्छु भनेर झुटा प्रचार गरेकाले त्यसमा बिस्वास नगर्न पनि बताएका थिए । पुर्जा जस्ताे चिज अाजकाे भाेलि दिन मिल्दैन, प्रकृया पुराएर मात्रै दिनु पर्ने भएकाले अहिल्यै भन्न सक्दिनँ तर १ बर्षमा पुर्जा उपलब्ध गराउने उहाँले बताउनु भयाे । यदी पुर्जा दिलाउन नसके अर्काे पटक भाेट माग्न नआउने समेत बताउनु भयाे । केही साथीहरूकाे झुटा प्रचारमा पछि नलाग्नु हाेला, यस्ता आस्वासन धेरै आए तर केही नभएकाे उहाँकाे भनाई थियाे । कावासाेतीमा ३० बर्षदेखि उहाँहरूले नै शासन गर्नु भयाे तर गर्नु पर्ने काम पनि नगरेकाे उहाँकाे आरोप छ ।

 

कावासाेतीमा नेपाली काँग्रेसबाट प्रमुख पदमा महेन्द्र पाेख्रेल र उपप्रमुखमा माओवादी केन्द्रबाट पतिराम थनेत हुनुहुन्छ । कावासाेती १० मगरकाेटमा अध्यक्ष सहित चार सदस्य नेपाली काँग्रेसबाट र एक सदस्य माओवादी केन्द्रबाट रहेका छन् । गठबन्धनका उम्मेद्वारहरू घरदैलाेकाे क्रममा शुक्रबार वडा नं. ८, १०, ७ र १६ मा घर दैलाे गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस