२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

विनयी त्रिवेणी कांग्रेसका उम्मेदवारले सके घरदैलो, मतदाता शिक्षा सगै प्रशिक्षणमा लाग्ने

२०७९ बैशाख २४, शनिबार प्रकाशित ( साल अघि) १२१८ पाठक संख्या

कावसोती । ३० गतेहुने तय भएको स्थानीय तहको मतदानको दिन नजिकीदै गर्दा उम्मेदवारहरु आ-आफनो क्षेत्रको घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । विनयी  त्रिवेणी गाउँपालिका अन्र्तगत ४ नम्वर वडामा नेपाली काग्रेसका उम्मेदवारहरुले आफनो वडाको घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

१४ वैशाख देखि सुरु भएको घरदैलो कार्यक्रम सकिएपछि उम्मेदवारहरु अब मतदातालाई मत राख्ने तरिका सगै राखेको मत खेर जान जनाओस भन्ने उदेश्य सहित मतदाता शिक्षाका लागि मतदाताका माझ पुग्ने भएका छन् ।

FB_IMG_1651933750712

घरदैलो सम्पन्न भएपनि सनिबार नेपाली काग्रेस वडा नम्वर ४ प्रचार समितिले आफनो वडाभित्र लगायत बगैंचा देखी क्षिद्रे हुँदै दुम्किबास, पिदौली, नयाँगाउँ र देउरालीबाट फर्किएर पाँखापानि मन्दिरमा आएर कोटसभा गरि कार्यक्रम सम्पन्न भएको हो ।

अब आईतबारदेखि उम्मेदवारहरुसगै पार्टीका नेता तथा कार्यकत्र्ता मतदाता माझ मतदाता शिक्षा सगै कोण सभा र प्रशिक्षणमा लाग्ने गाउँपालिकाकी उपाध्यक्षको उमेरद्वार कला भुजेलले जानकारी दिईन ।

FB_IMG_1651933760870

भुजेलले भन्छिन अब हाम्रो उदेश्य भनेको मतदाताले हालेको मत शत प्रतिशत सदुपयोग होस र खेर नजाओस भन्ने हो, जस्का लागि मत राख्ने तरिका सगै मतदाता शिक्षा कार्यक्रम लिएर मतदाताका माझ जान्छौ । यो सगै पार्टीका उम्मेदवारका पक्षमा माहोल बनाउन कोणसभा सगै प्रशिक्षण कार्यक्रम समेत सुरु गछौ ।

यस अघि फरक तरिकाले घरदैलो गरेका गाउँपालिका अध्यक्षका
उमेदवार डम्बरबहादुर जिसि सहित वडा अध्यक्ष सदस्यका उम्मेदवारहरु ‘सास्ती हैन सुविधाका लागि, स्वार्थी हैन ईमान्दारीताका लागि’ भन्दै आफनो गाउँपालिका टोल टोलमा प्रत्येक मतदाताको घरदैलोमा पुगि प्रत्यक्ष रुपमा सुझाव संकलन गरेका थिए ।

FB_IMG_1651933732557

घरदैलोमा पुगेका उनीहरुले घरदैलो सगै स्थानीय मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउने, वडामा निर्वाचित भएपछि प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन् भनी मतदाताहरुसंग सुझाव मागेका थिए र आएका सुझाव संकलन गरेको उपाअध्यक्षकी उम्मेदवार कला भुजेलले जानकारी दिईन । घरदैलोमा पुग्दा मतदाताले गरेका स्वागत सत्कार सगै स्नेहका कारण आफनो टिमको जित सुनिश्ति रहेको उनको दाबी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस