२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

वडाअध्यक्षका उम्मेदवार नारायण पौडेल, जनताको भावना अनुरुप काम गर्छु

२०७९ बैशाख २५, आईतबार प्रकाशित ( साल अघि) २१२५ पाठक संख्या

चोरमारा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मध्यविन्दु वडा नम्बर–२ वडाअध्यक्षको उम्मेदवार नारायण पौडेल चुनावमा होमिएका छन्  । आम जनताको भावना र पार्टीले समेत वडाअध्यक्षमा पुनः उम्मेदवार भएर वडाको जिम्मेवारी निभाउन आग्रह गरेपछि आफू पुनः वडाअध्यक्षमा दोहियको पौडेलले जानकारी दिए ।

संघीयतापछिको पहिलो निर्वाचनमा आफू निर्वाचित भइ समग्र वडाको विकास, समृद्धि र आम जनताको भावनाअनुरुप काम गरेको बताउँदै वडाअध्यक्ष पदका उम्मेदवार पौडेलले भने –‘आफ्नो ५ वर्षे कार्यकालमा धेरै काम गरे, केही कामले पूर्णता पाउन सकेन त्यसको निरन्तरताका लागि पुन दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको छु ।’ पौडेल दोस्रो कार्यकालका लागि उमेद्धवारी दिदै नीति, बिधि र प्रबिधि समुन्नत वडाबासीको नारालाई अगाडी सारेर चुनावी प्रचार प्रसारमा होमिएको बताउँछन् ।

FB_IMG_1651986112881

पौडेलले  मध्यबिन्दु नगरपालिका वडा नम्बर २ मा मात्र नभए उनी समग्र नगरमै काँग्रेसका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । पुनः वडा अध्यक्षको उम्मेदवारी दिएका पौडेल राजनीतिक, समाजिक र खेलकुदको क्षेत्रमा लामो योगदान पुर्याएकाछन् ।

पौडेल निर्वाचित भएर आइसकेपछि वडा नम्बर–२ मा करीब ७ किलोमीटर सडक कालोपत्रे, सडक पीसीसी, नाली निर्माण, नयाँ सडक निर्माण सँगै फराकिलो बनाउने , मन्दिरको शौन्दर्यकरण,  विद्यालयको शैचालय , खानेपानी , वडामा प्रबिधि जडान, वडा कार्यालयको भवन निर्माण गरी सकेकाछन् । त्यतिमात्र नभएर पौडेल मध्यबिन्दु नगरपालिकाका आफ्नो वडालाई उत्कृष्ट बजेट निकास गर्नेमा उनी पहिलो वडा अध्यक्ष हुन् ।

FB_IMG_1651986099482

नारायणी नदीमा आएको बाढीपहिरो र कोभिडको बेलामा खेलेको भुमिका देखि जनताको हरेक दु;ख सुखमा साथ दिने वडा अध्यक्ष पौडेललाई सो वडाको असल क्षमतावान नेतृत्व कर्ताको रुपमा लिन सकिन्छ । पौडेल धेरै भाषणमा मात्र सिमित नरही काम गरेर देखाउने वडा अध्यक्ष रहेको स्थानिय तारा बोहराको भनाई छ ।

पौडेलले आफ्नो प्रतिबद्धताका बारेमा जानकारी दिदै भने समाजिक बिकास अन्र्तगत पर्ने लक्षित समुहहरुको शसक्तिकरणका लागि बिशेष अभियान कार्यक्रम गरी नेतृत्वमैत्री वडा बनाउन क्रियाशिल रहने छु । वडामा बाँकी रहेको काम निरन्तरता दिने छु । प्रबिधिमैत्री वडा बनाउनका लागि बिशेष जोडदिने छु ।

नन्दपुर , सेहेरि क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने, वडामा प्रबिधिक धारको बिद्यालय बनाउने, सरसफाई र सौन्दर्यकरणलाई निरन्तरता, खेल क्षेत्रमा योगदान पु¥याएका लागि बिशेष सम्मान कार्यक्रम ल्याउने पौडेलले बताए । युवालाई योग्यता क्षमता अनुसार निजि क्षेत्रसंग समन्वय गरी स्वांयमसेवकको रुपमा काममा लगाउने र काम दिने लगायत्का प्रतिबद्धता घोषण गरेकाछन् ।

FB_IMG_1651986102255

“फेरि केही गर्छु भनेर पार्टीले बिश्वास गरेको छ अब आउने चुनाब हामी जित्छौ किनकी जनताको बिश्वास म प्रति छ” पौडेलको तर्क  छ । आफुले जे बोल्छु त्यो गरेर देखाउँछु भन्दै आफु जनताको सेवक भएको हुँदा जनतालाई परेको पिर मर्कामा आफ्नो साथ रहने बताए ।

वडामा रहेको खाली ठाउँ व्यवासायिक र समाजिक उपभोग गर्ने,आफ्नै वाडको पहिचानका लागि शीत भण्डार ( कोल स्टोर ) निर्माण काम  सुरु भएको यसलाई पूर्णता गर्ने, आफ्नो ५ वर्षे कार्यकालको ५० प्रतिशत सेवासुबिधा आक्षय कोष स्थापना गरी समाजिक कार्यमा लगानी गर्ने समेत उनले प्रतिबद्धता ब्यक्त गरे ।

तेस्तै वाड अध्यक्ष पदमा उमेदवार नारायण पौडेल , वडा सदस्यमा जामुन राम महतो , तिलकराम थनेत , अन्जना महतो र नरर्बदा परियारले एकैसाथ मनोनयन दर्ता गरि चुनावमा हुमियका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस