२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

‘पहिलो कार्यकालमा सुरु भएका योजनाहरु पूरा गर्न फेरि उम्मेदवारी दिएको हुँ’

२०७९ बैशाख २५, आईतबार प्रकाशित ( साल अघि) १५०४ पाठक संख्या

कावासोती  : स्थानीय तह निर्वाचन आउन अब पाँच दिन बाँकी छ । बैशाख ३० गते हुने निर्वाचनमा ४८ घण्टा अघिदेखि आचार संहिता लागू हुने भएकाले दलहरु यतिबेला चुनावी प्रचारप्रसारको अन्तिम घडीमा छन् । घरदैलो अभियान सँगसँगै चुनावी सभाहरु देशव्यापी भइरहेका छन् ।

नवलपरासी सुस्ता पूर्वको विनयीत्रिवेणी गाउँपालिकामा पनि निर्वाचनको चहलपहल उत्तिकै छ। कांग्रेसबाट गाउँपालिका अध्यक्ष जितेका डम्बरबहादुर जि.सी. यसपटक फेरि अध्यक्ष पदमै प्रतिस्पर्धामा छन् । 

नवलपरासी सुस्ता पूर्वको विनयीत्रिवेणी गाउँपालिकामा पनि निर्वाचनको चहलपहल उत्तिकै छ। कांग्रेसबाट गाउँपालिका अध्यक्ष जितेका डम्बरबहादुर जि.सी. यसपटक फेरि अध्यक्ष पदमै प्रतिस्पर्धामा छन् ।

उनीसँग पछिल्लो पाँच वर्षको कार्यकाल र निर्वाचनका एजेण्डालगायतका विषयमा गरेको कुराकानीको सम्पादित अंश :

फेरि अध्यक्षमा दोहोरिन प्रतिस्पर्धामा हुनुहुन्छ । तपाई नै किन फेरि अध्यक्ष पदमा ?

मेरो उम्मेदवारी अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका अधुरा विकास निर्माणका काम पुरा गर्नका लागि हो । कतिपय विकास निर्माणका कामहरु समय अपुग भएकाले अधुरै छन् ।

मैले थालेका अधुरा योजनाहरु, मैले अघिल्लो पटक गरेका प्रतिबद्धताहरु कार्यान्वयनकै चरणमा छन् । ति सबै योजना र प्रतिबद्धता पुरा गर्न फेरि उम्मेदवारी दिएको हुँ ।

मतदाताले फेरि तपाईलाई दोहो¥याउनुहुन्छ भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
मलाई विश्वास छ, जनताहरुले यो पटक पनि मलाई नै रोज्नुहुनेछ । मेरो कार्यकालमा मैले गरेका कामहरुको मुल्याङ्कन पक्कै गर्नुभएको छ । मेरो कामका बारेमा सबै जनता जानकार नै हुनुहन्छ । त्यसैले दोहोरिदा पनि धेरैको सकारात्मक उर्जा पाइरहेको छु ।

तपाई गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ, गठबन्धनका कारण सजिलो महसुस गर्नुभएको हो ?

सुरुमा गठबन्धनभित्र केहि असन्तुष्टिहरु देखिएका हुन् । अहिले सबैसँग सहमतिको प्रयास भइरहेको छ । सबैलाई समेट्नेमा हामी छलफल गरिरहेका छौं ।  मलाई लाग्छ, यो गठबन्धनको औचित्य सबैले बुझ्नुभएको छ । हामी प्रतिगमनविरुद्ध एक ठाँउमा उभिएका शक्तिहरु अझ मजबुत हुनुपर्छ भन्ने गठबन्धनका सबै साथीहरुलाई लागेको छ । त्यसैले भोट नदिने त कुरा नै आउदैन ।

विपक्षी कमजोर छन् भन्न खोज्नुभएको हो ?

हाम्रो प्रतिस्पर्धा एमालेसँग नै हो । तर जनताको समर्थनले गर्दा खासै चूनौति देखेको छैन ।

तपाईलाई नै भोट किन दिने ?

म एउटा अनुभवी पनि हुँ । यसअघि पनि मैले जनताको भावना अनुसार काम गरेको हुँ । हाम्रो श्रोत के हो ? जनप्रतिनिधिले के के गर्न सक्छन् भन्ने सबै मलाई थाहा भयो । सबै कुराको अनुभव भएकाले म फेरि उम्मेदवारको रुपमा आएको हुँ । विकास गर्न पनि समय लाग्दो रहेछ ।

यसअघिको कार्यकालमा सुरुवात भएका आयोजनाहरु पुरा गर्न र यो विनयीत्रिवेणी गाउँपालिकालाई अझ व्यवस्थित र विकसित बनाउनका लागि पनि मेरो नेतृत्व आवश्यक छ ।

तपाईका प्राथमिकताहरु के के हो ?

मेरो एजेण्डा भनेको बाटो, खानेपानी र शिक्षा नै हो । सबैभन्दा पहिले शिक्षा, स्वास्थ्य र खानेपानीलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउने हो । त्यसपछि यहाँको आवश्यकता अनुसार नै म अगाडि बढ्ने हो ।

तपाईले प्रतिवद्धता गरेका बिषय पूरा गर्ने श्रोत के हो ?

श्रोत त संघले पनि बजेट छुट्याएकै हुन्छ । यस्तै प्रदेशमा पनि बटेज छुट्याउँछ । हाम्रो स्थानीय सरकारले पनि बजेट बनाउछौँ । अरु सहायता पनि खोज्ने गरेका छौँ ।

मैले पहिलो कार्यकालमा पनि संघ र प्रदेशसँग जुध्ने योजना र कार्यक्रम बनाएन । त्यसो गर्दा एउटै कार्यक्रममा दोहोरो बजेट पर्ने भएन र त्यो बजेट अन्य ठाँउमा खर्च गर्न सकियो । यो पटक पनि म बजेट व्यवस्थापनलाई नै ध्यान दिनेछु ।

मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

मतदाताहरुले निकै सकारात्मक प्रतिक्रिया दिनुभएको छ । मेरो उम्मेदवारी पर्दा धेरै खुसी पनि हुनुभएको छ । तपाई अगाडि बढ्नुस्, हामी पछाडि छौँ भन्नुहुन्छ । समग्रमा मलाई सहयोग नै गरिरहनुभएको छ ।

कामको प्राथमिकरण गर्नुपर्दा पहिलो प्राथमिकता कुन कामलाई दिनुहुन्छ ?

मैले सधै भन्ने गरेको छु कि मेरो पहिलो कार्यकालमा शुरु गरेका योजना पुरा गर्न नै मेरो दोस्रो पटक उम्मेदवारी हो । यहाँको सुकुम्वासी समस्या र अव्यवस्थित जग्गाहरुको व्यवस्थापन नै हो ।  सुकुम्वासी समस्या समाधान नै मेरो पहिलो काम हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%३%१६%१%२%

प्रतिक्रिया दिनुहोस